९ मसिंर, काठमाडौँ । सन्राइज बैंकले झापाको भृकुटीमा ३९ औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा आएको छ ।
बैंकिङ सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्धेश्यका साथ झापा जिल्लाको मेचीनगर नगरपालिका वडा नं २, मा ३९ औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको हो ।
आइतबार भएको कार्यक्रममा ज्येष्ठ नागरिक सेवा समितीको अध्यक्ष ठाकुर प्रसाद शिवाकोटी र बैंकको प्रादेशिक कार्यालय १ का सदस्य पुर्णबहादुर थापाले एक समारोहकाबीच मेचीनगरमा शाखारहित बैंकिङ सेवाको उद्घाटन गरिएको विज्ञप्तीमा जनाइएको छ ।
उक्त समारोहमा ठाकुर प्रसाद शिवाकोटी र पुर्ण बहादुर थापाले शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट\प्रतिनिधि दिल बहादुर कार्कीलाई पोइन्ट अफ सेल मेसिन हस्तान्तरण गरे ।
हालसम्म बैंकले वटा १२४ शाखा, ३९ वटा शाखारहित बैंकिङ्ग सेवा, ८ वटा एक्सटेन्सन काउण्टर र १४५ वटा ए.टि.एम मार्फत आफ्ना करीब ६ लाख ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको बताइएको छ ।
वि.सं.२०७६ मंसिर ९ सोमवार १२:२१ मा प्रकाशित






























