back
CTIZAN AD

पर्यटन ब्यबसायी सिंहले गरे जेहेन्दार विद्यार्थी एकतालाई आर्थिक सहयोग

वि.सं.२०७६ मंसिर ९ सोमवार

777 

shares

९ मङ्सिर, काठमाडौँ । काठमाडौं नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रीय सदस्य तथा सोलुखुम्बुका नेता प्रकाशसिंह कार्कीले महाकुलुङ गाउँपालिकाकी जेहेन्दार विद्यार्थी एकता कुलुङको उच्च शिक्षाका लागि आर्थिक सहयोग गरेका छन् ।

आइतबार सोलुखुम्बु घर भई काठमाडौँ बसोबास गर्ने पत्रकारहरुसँगको भेटघाट कार्यक्रमबीच कार्कीले डिप्लोमा फार्मेसी अध्ययनरत सोलुखुम्बु निवासी कुलुङलाई एक लाख तीन हजार ३०० रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेका थिए ।

आर्थिक अवस्था कमजोर भएका समस्या देख्नुका साथै सानैमा बुवाआमा गुमाएकी र उनको पढाई एकदम राम्रो भएकाले सहयोग गरेको कार्कीले बताए, ुउनको पढाई र इमान्दारिता हेरेर आवश्यकता अनुसार आगामी दिनमा पनि सहयोग गर्नेछु ।’

पर्यटन व्यवशायी समेत रहेका कार्कीले २० लाख पर्यटक भित्र्याउन लक्ष्यका साथ सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न सबैले आ(आफ्नो ठाउँबाट सकारात्मक र रचनात्मक भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । त्यस्तै देशमा मौलाईरहेको संस्थागत भ्रष्टाचार, प्रशासनिक ढिलासुस्तीलाई पत्रकारिताको माध्यमबाट उजागर गर्दै त्यसको न्यूनिकरणमा लाग्नुपर्ने आवश्यकता समेत उनले औल्याए ।

उक्त कार्यक्रममा सोलुखुम्बुबाट काठमाडौं आएर पत्रकारिता गर्ने अधिकांश पत्रकारहरुको उपस्थिति रहेको थियो ।

वि.सं.२०७६ मंसिर ९ सोमवार १४:२९ मा प्रकाशित

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...