back
CTIZAN AD

चिसोमा अपनाउनुपर्ने सावधानीका बारेमा यस्तो सुझाव दिन्छन् डा. ओम मूर्ति अनिल

वि.सं.२०७६ मंसिर ९ सोमवार

1K 

shares

वरिष्ठ मुटुरोग विशेषज्ञ डा.ओम मूर्ति अनिलले जाडोको बेला अपनाउनुपर्ने सावधानीका बारेमा सुझाव दिएका छन् ।
डा. अनिलका अनुसार जाडोमा पानी प्रसस्त पिउने गर्नुपर्छ । प्रसस्त पानी पिउनाले चिसोले गर्दा रगत बाक्लो हुने जोखिमबाट बच्न सकिन्छ ।
शरीरलाई सक्रिय बनाउने-शारीरिक व्ययाम सुरुगर्नु भन्दा अघि ५–१० मिनेट शरीरलाई शक्रिय बनाउने अनि मात्र व्यायाम गर्ने ।

हिँडाइको गति कमगर्ने-चिसोमा मुटुमा जोखिम घटाउन हिडाइको स्पिड कम गरेर, हिँडाइको अवधि बढाउनु सुरक्षित उपाय हुन्छ ।

चिसो हवा र पानी परेको बेला घरबाहिर व्यायाम नगर्ने– त्यस्तै चिसो हावा र पानी परेको बेलामा घरबाहिर व्यायाम गर्न ननिस्कने ।

मदिरा र चुरोटको सेवन नगर्ने–जाडो महिनामा मुटुमा हुने असरलाई मदिराले झन् बढाउने हुनाले यसको प्रयोग नगर्नु नै राम्रो हुन्छ ।

धेरै चिल्लो खाना नखाने-जाडोमा कोलेस्ट्रोल बढ्ने हुनाले धेरै चिल्लो, फ्राइ,पार्टी तथा भोजको बेलामा सर्तक हुने ।

सुगर, प्रेसर तथा कोलेष्ट्रोल नियन्त्रणमा राख्ने-जाडो महिनामा प्रेसर र कोलेस्ट्रोलको स्तर बढ्ने हुनाले यसको जाँच र नियन्त्रणमा राख्न जरुरी हुन्छ ।

चिसोमा हिड्दा छाती दुख्नु-मुटु रोगको प्रमुख लक्षण एन्जाइना ९ब्लनष्लब० चिसोमा बढी देखिन्छ र यस्तो छ भने डाक्टरलाई देखाउन जरुरी हुन्छ ।

औषधिको नियमित प्रयोग–-, प्रेसर, सुगर, कोलस्ट्रोल, आदिको औषधि नटुटाइकन नियमित खानुपर्दछ ।

व्यायामको बेलामा चिसोबाट सुरक्षा- यसको लागि प्रयाप्त लुगा लगाएर विशेष गरेर टाउको, कान, हात छोपेर हिड्नु पर्दछ ।

वि.सं.२०७६ मंसिर ९ सोमवार १४:०७ मा प्रकाशित

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

कागती पानी : भ्रम की यथार्थ, के-के छन् त यसको फाइदा ?

काठमाडौँ । बिहानै खाली पेटमा कागती पानी पिउँदा तौल घट्ने...

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

निःशुल्क स्वास्थ्य शैय्याको विवरण सार्वजनिक, देशभर ६०० शैय्या उपलब्ध

काठमाडाैँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सञ्चालित Free Health Portal...

१३औँ विश्व अटिजम सचेतना दिवस विविध कार्यक्रमसहित मनाइँदै

१३औँ विश्व अटिजम सचेतना दिवस विविध कार्यक्रमसहित मनाइँदै

काठमाडौं ।  १३औँ विश्व अटिजम सचेतना दिवस नेपालसहित विश्वभर विभिन्न...

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

सिरुबारीमा मारुत मिसन अभियानः शिक्षकहरूले पाए ’क्वान्टम ऊर्जा’ र ’परा–शिक्षा’को दुर्लभ दीक्षा

स्याङ्जा । गण्डकी प्रदेशको पवित्र पर्यटकीय स्थल सिरुबारीस्थित श्री त्रि–शहीद...

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

बीमा सेवा दिन आनाकानी गरिए कारबाही : बीमा बोर्ड

काठमाडौँ । विभिन्न अस्पताल तथा स्वास्थ्य संस्थाले स्वास्थ्य बीमा सेवा...

गम्भीर बिरामी उद्धारमा क्रान्ति: अन्तर्राष्ट्रिय ‘रिट्रिभल मेडिसिन’ तालिम नेपालमै सम्पन्न

गम्भीर बिरामी उद्धारमा क्रान्ति: अन्तर्राष्ट्रिय ‘रिट्रिभल मेडिसिन’ तालिम नेपालमै सम्पन्न

ललितपुर । नेपालमै पहिलो पटक आयोजना गरिएको ‘एड्भान्स ट्रेनिङ एण्ड...