back
CTIZAN AD

सात वर्षको बालकले गरे जन्मदिनमा २० व्यक्तिलाई आर्थिक सहयोग

वि.सं.२०७६ मंसिर १० मंगलवार

774 

shares

१० मसिंर, खोटाङ । हलेसी तुवाचुङ नगरपालिका-५ दुर्छिमका सात वर्षीय समृद्ध राईले आफ्नो जन्मदिनका अवसरमा सानोघर टाँडी चितवनलाई रु सात हजार सहयोग गरेका छन् ।

यही मङ्सिर ९ गते  हिजो सोमबार ६ वर्ष पूरा गरी सात वर्ष टेकेका सन्दर्भमा बालक राईले सानोघरमा आश्रित फरक क्षमता भएका २० व्यक्तिलाई आर्थिक सहयोग गरेका हुन् ।

विद्या संस्कार (पहिलेको चेल्सी इन्टरनेसनल स्कूल) काठमाडौँमा कक्षा १ मा अध्ययनरत बालकले विभिन्न पत्रिकामा प्रकाशित चित्रवापत प्राप्त पारिश्रमिक, चाडबाडमा पाएको दक्षिणा रस आफन्तले दिएको पैसा सङ्कलन गरेर सानोघरलाई आर्थिक सहयोग गरेको समृद्धकी आमा रिङ्कु राईले जानकारी दिए । “समृद्धलाई सानैदेखि बाँडेर खानुपर्छ भन्ने पाठ सिकाएका छौँ”, उनले भने, “उनले प्रत्येक जन्मदिनमा जति वर्ष पुग्छन्, त्यति नै हजार सहयोग रकम प्रदान गर्ने भएका छन् ।”

समृद्धको जन्मदिनको अवसर पारेर उनको नाममा विद्यालय र घरमा दुई केक काटिएको जनाइएको छ । “तर गत वर्षको जन्म दिनभन्दा सानो केक काटियो”, समृद्धकी आमा रिङ्कुले भनिन्, “विगतका वर्षहरूमा ‘बर्थ डे’ मनाउँदा, आफन्त, इष्टमित्र र छिमेकी बोलाएर खानपिन गराइन्थ्यो । यस पटकदेखि खानपिन गर्ने पैसा कटौती गरेर सामाजिक काममा लगाउने पारिवारिक सल्लाह भएको छ ।”

सात वर्षीय बालकबाट आर्थिक सहयोग पाउँदा आफूहरु खुशी भएको सानोघरकी संस्थापक विमला श्रेष्ठले बताइन् । “आफ्ना छोराछोरीका नाममा गरिने फजुल खर्च रोकेर सामाजिक काममा लगाउन खोज्ने समृद्ध राईका आमाबुबाप्रति कृतज्ञ छु”, उनले भने , “सम्बन्धित छोराछोरीका अभिभावकले सानैदेखि यस्तो संस्कार सिकाउँदै लगेमा सुन्दर नेपाल झन सुन्दर बन्ने थियो ।” पछिल्लो समय जिल्लाका हरेक बालबालिकाको जन्मदिनमा भोज लगाउने प्रचलन वृद्धि हुँदै गएको छ ।रासस

वि.सं.२०७६ मंसिर १० मंगलवार ०९:०५ मा प्रकाशित

किसानलाई अधिकतम दुई लाखसम्म अनुदान

किसानलाई अधिकतम दुई लाखसम्म अनुदान

इलाम । माइजोगमाई गाउँपालिकामा सञ्चालित ‘उपाध्यक्षसँग युवा उद्यमी’ कार्यक्रमबाट स्थानीयस्तरमै...

तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ठप्प

तलब नपाएपछि अरुण तेस्रो जलविद्युत् आयोजनाको काम ठप्प

किमाथाङ्का (सङ्खुवासभा) । सङ्खुवासभामा निर्माणधीन नौ सय मेगावाट क्षमताको अरुण...

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

भोजपुर-बेहेर नागबेली सडकको दृश्यले पर्यटकलाई आकर्षित गर्दै

भोजपुर । भोजपुर सदरमुकामबाट कोटडाँडा हुँदै पिखुवा खोला किनारको बेहेरे...

योजना अधिकृत हमालको लेक लागेर मृत्यु

योजना अधिकृत हमालको लेक लागेर मृत्यु

ताप्लेजुङ । समृद्ध पहाड संस्थामा कार्यरत योजना अधिकृत चन्द्रजङ्ग हमालको...