back
CTIZAN AD

‘ज्यानमार्ने धम्की’पछि श्रीलङ्काका वरिष्ठ गुप्तचर अधिकारी फरार

वि.सं.२०७६ मंसिर १० मंगलवार

678 

shares

१० मसिंर, कोलम्बो । उच्च दर्जाका अधिकारीहरूको मुद्दा अनुसन्धान गर्दै आएका अधिकारीलाई ‘ज्यान मार्ने धम्की’ आएको भन्दै श्रीलङ्काका वरिष्ठ गुप्तचर अधिकृत भागेको प्रहरी र सञ्चारमाध्यमहरूले जनाएका छन् ।

पछिल्लो समय सरकारमा आएको परिवर्तनसँगै गुप्तचरका अनुसन्धान अधिकृत निशान्त सिल्भाले स्वीजरल्याण्डसमक्ष शरण मागेको सञ्चारमाध्यमहरूले बताएका छन् ।

“सिल्भाले आफू कार्यरत राष्ट्रिय अपराध अनुसन्धान विभागका उच्च अधिकारीलाई सूचना नदिइकन नै आइतबार श्रीलङ्का छोडेका छन्,” प्रहरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

“यी अधिकृतमाथि विगत साढे चार वर्षको अवधिमा विभिन्न मुद्दामा पूर्वाग्रही बनेका आरोपहरू लागेका छन्,” प्रहरीले सिल्भाको नाम उल्लेख नगरिकन जारी विज्ञप्तिमा भनिएको छ ।

यही नोभेम्बर १६ मा भएको निर्वाचनबाट श्रीलङ्काको राष्ट्रपतिमा गोतावाय राजापाक्ष निर्वाचित भएपछि सिल्भालाई ज्यान लिने धम्की आएको तर यो धम्की कसबाट आएको भन्ने प्रष्ट नगरिएको ‘द डेली मिरर’ पत्रिकाले लेखेको छ ।

सिल्भाले पूर्वराष्ट्रपतिसमेत रहेका प्रधानमन्त्री महिन्दा राजापाक्षको कार्यकालमा भएका भनिएका उच्च ओहोदाका अधिकारीको संलग्नतामा भएका हत्या र भ्रष्टाचार मुद्दा हेरेको र त्यसमा पूर्वाग्रह देखाएको आरोप लगाइने गरेको छ ।

सिल्भालाई वर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षले गत वर्ष छोटो समय प्रधानमन्त्रीको जिम्मेवारी पाएपछि सीआईडीको जिम्मेवारीबाट हटाइएको थियो तर राजापाक्षको बहिर्गमनपछि पुनः जिम्मेवारीमा ल्याइएको थियो ।

सिल्भाले सन् २००९ मा पत्रकार तथा सम्पादक लासान्था मनिलाल विक्रमातुङ्घेको हत्यालगायतका मुद्दाहरू हेरेका थिए ।

वि.सं.२०७६ मंसिर १० मंगलवार ०९:१८ मा प्रकाशित

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

मतदाता सूची विवादबीच पश्चिम बङ्गालमा मतदान सुरु

कोलकाता । लाखौँ मतदाताको नाम सूचीबाट हटाइएको विवादबीच भारतको पश्चिम...

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

बेलायतमा चुरोटमाथि ऐतिहासिक कडाइ

लन्डन  । बेलायतले भविष्यका पुस्तालाई धूम्रपानबाट जोगाउने लक्ष्यसहित चुरोट खरिदमै...

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु

इजरायल । लेबनानको राष्ट्रिय समाचार एजेन्सी (एनएनए) र अल जजिराले...

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

१४ महिनापछि स्वदेश फर्कियो २५०० वर्ष पुरानो अमूल्य सुनौलो हेलमेट

बुखारेस्ट । गत वर्ष नेदरल्यान्ड्सको एक सङ्ग्रहालयबाट चोरी भएको दुई...

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेनमा रूसी आक्रमण, १४ जनाको मृत्यु

युक्रेन । युक्रेनमा भएको पछिल्लो रूसी आक्रमणमा परी कम्तिमा १४...