back
CTIZAN AD

यसकारण नखेल्ने भए सन्दीपले साग

वि.सं.२०७६ मंसिर १० मंगलवार

888 

shares

१० मंसिर, काठमाण्डौं । दक्षिण एसियाली खेलकुद ( साग) मा राष्ट्रिय टोलीका स्पीनर सन्दीप लामिछानेले खेल्न नपाउने भएका छन् ।
घरेलु मैदानमा अर्को हप्ताबाट सुरुहुने खेलकुदमा सन्दीपले भाग लिन नपाउनुको अन्य कुनै पनि कारण नभएर स्वास्थ्यका कारण रहेको बताइएको छ ।

स्पीनर सन्दीपको सोमबार तुरुन्तै आँखाको सल्यक्रिया गरिएको कारण उनले सागमा भाग लिन नपाउने जानकारी राष्ट्रिय टोलीका म्यानेजर रमन शिवाकोटीले दिएका छन् ।

केही महिना अघि आँखाको जाँच गर्ने क्रममा सन्दीपलाई डाक्टरले चश्मा लगाउन भनेका थिए । निरन्तर खेलका कारण त्यो सम्भव नभएको पनि शिवाकोटीले बताएका छन् । सोमबार मात्र अप्रेसन गरेका सन्दीपलाई दुई सातासम्म आराम गर्नुपर्ने सुझाव चिकित्सकले दिएका छन् ।
सन्दीप उक्त टोलीबाट बाहिरीएपछि उनको विकल्पको रुपमा रोहित कुमार पौडेललाई अगाडि ल्याइएको छ ।

भुटान, बंगलादेश, श्रीलंका, मालदिभ्स र नेपाल गरेर पाँच राष्ट्र सम्मिलित उक्त साग अन्तर्गतको खेलमा पुरुष क्रिकेटको खेल किर्तिपूरको त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा हुने बताइएको छ ।

वि.सं.२०७६ मंसिर १० मंगलवार १०:२० मा प्रकाशित

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

‘समय भित्रको समय’ पुस्तक ललितपुरमा चर्चा तथा रचना वाचन सम्पन्न

ललितपुर । ललितपुरको लुभुस्थित नमूना इङ्गलिस सेकेण्डरी स्कुलमा "समय भित्रको...

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया (बारा) । जिल्लामा यस वर्ष किसानले खेती गरेको गहँु...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

एक करोडमा वडा कार्यालय भवन निर्माण

एक करोडमा वडा कार्यालय भवन निर्माण

ढोरपाटन (बागलुङ) । स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह...