यो घर कर्जा बैदेशिक रोजगारबाट प्राप्त आयको आधारमा भारत सहितविभिन्न देशमा बस्ने नेपालीहरुका परिवारलाई पनि प्रदान गरिने जनाइएको छ ।
१० मंसिर, काठमाडौँ । ग्लोबल आइएमई बैंकले बैदेशिक रोजगारमा गएका तथा विदेशमा बस्ने नेपालीहरुलाई लक्षित गरी ‘ग्लोबल आइएमई जन्मभूमि घर कर्जा’ ल्याएको छ ।
यस नयाँ योजनाअन्तर्गत वैदेशिक रोजगारमा गएका कामदार तथा विदेशमा बस्ने नेपालीहरु र उनका परिवारका सदस्यलाई आबश्यक कागजात पेश गरेको तीन दिनभित्र घर कर्जा उपलब्ध गराइने बैंकले जनाएको छ ।
न्यूनतम ब्याजदरमा सुलभ र सहजरुपमा प्राप्त गर्न सकिने जन्मभूमि घर कर्जाले रेमिट्यान्सलाई बैंकिङ्ग च्यानलबाट भित्र्याउन मद्दत पुग्ने विश्वास बैंकले गरेको छ ।
यो घर कर्जा बैदेशिक रोजगारबाट प्राप्त आयको आधारमा भारत सहितविभिन्न देशमा बस्ने नेपालीहरुका परिवारलाई पनि प्रदान गरिने जनाइएको छ ।
यो कर्जामा ब्याज दर कति तोक्ने भन्ने निर्णय छिट्टै गरिने जानकारी दिँदै सूचना तथा जनसम्पर्क अधिकृत सुरेन्दराज रेग्मीले भने ‘सस्तो ब्याजदरमा दिनेछौँ ।’
ग्लोबल आइएमई बैंकको सबै शाखाबाट प्राप्त हुनेछ यो कर्जा सम्बन्धी थप जानकारी ग्लोबल रेमिटका विभिन्न देशमा रहेका कार्यालयहरु तथाग्लोबल आइएमई बैंकका बैदेशिक सम्पर्क कार्यालयबाट प्राप्त गर्न सकिने छ ।
ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पु¥याउने उद्देश्यले विभिन्न स्थानमा शाखा, एक्सटेन्सन काउण्टर तथा शाखारहित बैंकिङ्ग सेवामार्फत आफ्ना ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ । बैंकले १५० वटा शाखा, ३० वटा एक्सटेन्सन तथा राजश्व सङ्कलन काउन्टर, १५० एटीएम, १९४ शाखारहित बैंकिङ्ग सेवा र नेपाल बाहिर ३ प्रतिनिधि/सम्पर्क कार्यालय मार्फत ११ लाख भन्दा बढी ग्राहकहरुलाई सेवाप्रदान गर्दै आएको छ ।
वि.सं.२०७६ मंसिर १० मंगलवार १०:१४ मा प्रकाशित






























