१० मंसिर, काठमाण्डौं । बलात्कार प्रयासको आरोपमा एक डाक्टर पक्राउ परेका छन् । ललितपुरको मेडिसिटी अस्पतालमा कार्यरत डाक्टर रोहित कुमार झा पक्राउ परेका हुन् ।
आइतबार अस्पतालमा उपचार गराउन आएकी महिलालाई चेकजाँच गर्ने क्रममा डाक्टर झाले कोठाभित्र लगेर उनको संवेदनशील अंगमा हात लगेर बलात्कारको प्रयास गरेको भन्दै ती महिलाले ललितपुर प्रहरीमा उजुरी दिएकी हुन् ।
प्रहरीका अनुसार महिलाले दिएको जाहेरीमा झाले ती महिलालाई कोठाभित्र राखेर चुकुल लगाएर बलात्कारको प्रयास गरेका थिए ।
महिलाको जाहेरी अनुसार डाक्टर झालाई सोमबार पक्राउ गरेर अनुसन्धान गरिरहेको ललितपुर प्रहरीका डिएसपी तथा प्रवक्ता सन्तोष तामाङले संसारन्युजलाई जानकारी दिएका छन् ।
सांकेतिक तस्बिर
वि.सं.२०७६ मंसिर १० मंगलवार १०:०७ मा प्रकाशित






























