back
CTIZAN AD

प्रधानमन्त्री फेरि अस्पताल भर्ना , अपरेसनको तयारी हुँदै

वि.सं.२०७६ मंसिर १० मंगलवार

720 

shares

१० मसिंर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली फेरि अस्पताल भर्ना भएका छन् । केही साता अघि मात्रै अस्पतालमा भर्ना भएर स्वास्थ्यलाभ गरी फर्किएका प्रधानमन्त्री मंगलबार पुन : अस्पताल भर्ना भएका हुन् ।

परीक्षणका क्रममा  प्रधानमन्त्रीलाई एपेन्डिसाइटिस देखिएपछि अस्पतालले उनको अपरेसनको तयारी भइरहेको बताइएको छ ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियो भास्कुलर सेन्टरमा नियमित स्वास्थ्य परीक्षणका लागि मङ्गलबार बिहान गएका प्रधानमन्त्री ओलीलाई चिकित्सकहरुले भर्ना हुन सुझाव दिएपछि भर्ना गरिएको हो ।

लामो समयदेखि मिर्गौलाको रोगसँग जुधिरहेका प्रधानमन्त्री ओलीको, मिर्गौला अर्को प्रत्यारोपण गर्ने कि, डाइलासिसमै रहने भन्नेमा चिकित्सकहरुले छलफल गरिरहेका छन् । पछिल्लो समय प्रधानमन्त्री ओलीले ग्राण्डी अस्पतालमा मिर्गौलाको डाइलासिस गराउँदै आएका थिए । यद्यपी प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणका लागि विदेश जाने कुरा समेत चलिरहेको छ ।

वि.सं.२०७६ मंसिर १० मंगलवार ११:१० मा प्रकाशित

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया (बारा) । जिल्लामा यस वर्ष किसानले खेती गरेको गहँु...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

एक करोडमा वडा कार्यालय भवन निर्माण

एक करोडमा वडा कार्यालय भवन निर्माण

ढोरपाटन (बागलुङ) । स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह...

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको इजाजतपत्रका लागि...