१० मङ्सिर, काठमाडौँ । स्वतन्त्र शान्ति बचत ऋण सहकारी संस्था लिमीटेडले इच्छुक, अनुभवी र योग्यता पुगेका केहि कर्मचारीहरुको माग गरेको छ ।
कोटेश्वर स्थित उक्त संस्थाले बजार प्रतिनिधिमा ८, बजार सुपरभाइजरमा २, कर्जा सहायकमा २, अफिस इन्चार्जमा १ र कार्यालय सहयोगीमा २ जना कर्मचारीहरुको आवश्यकता रहेको जनाएको छ ।
उक्त संस्थाका अनुसार ईच्छुक व्यक्तिले २ प्रति फोटो, नागरिकताको फोटोकपी र वायोडाटा सहित सूचना प्रकाशित मितिले ७ दिनभित्र निवेदन पेश गर्नुपर्ने सूचना दिएको छ ।
विस्तृत जानकारीका लागि फोनः नं. ०१–५१००४६४, ०१–४९१७७५० मा सम्पर्क गर्न सकिने जनाएको छ ।
यसैबिच बाबियाखर्क बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि लेखा अधिकृतमा १, वरिष्ठ कार्यालय सहायकमा २, वरिष्ठ कार्यालय सहायकमा १, बजार प्रतिनिधीमा २ र प्रशिक्षार्थी मा केहि कर्मचारीहरुको माग गरेको जनाएको छ ।
उक्त संस्थाका अनुसार ईच्छुक व्यक्तिले हालसालै खिचेको २ प्रति फोटो, शैक्षिक योग्यताका प्रमाणपत्र र नागरिकताको प्रमाणपत्र सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र संस्थाको कार्यालयमा बुझाउनु पर्ने सूचना दिएको छ ।
विस्तृत जानकारीका लागि फोनः नं. ०१–४१०८५१४ मा सम्पर्क गर्नुपर्ने जनाएको छ ।
त्यसैगरी पाकोल कृषि सहकारी संस्था लिमीटेडले पनि प्रबन्धकमा १, लेखा अधिकृतमा १, कर्जा अधिकृतमा १, बजार अधिकृतमा १, रिसेप्सनिष्टमा २, क्यासियरमा ३, बजार प्रतिनिधिमा १५ र कार्यालय सहयोगीमा १ जना कर्मचारीहरुको आवश्यकता रहेको जनाएको छ ।
उक्त संस्थाका अनुसार ईच्छुक वा योग्य व्यक्तिले हालसालै खिचेको २ प्रति फोटो, बायोडाटा, शैक्षिक योग्यता तथा अनुभवको प्रमाणपत्र सहित सूचना प्रकाशित मितिले ७ दिनभित्र कार्यालयमा पेश गर्नुपर्ने सूचना दिएको छ ।
थप जानकारीका लागि फोनः नं. ९८०१०४२७७१, ९८०१०४२७७८ वा ईमेलः pacolcoop@gmail.com मा मेल गर्न सकिने जनाएको छ ।
वि.सं.२०७६ मंसिर १० मंगलवार ११:०७ मा प्रकाशित



























