back
CTIZAN AD

उपनिर्वाचन २०७६ : दुई दलनै भन्छन्, ‘हामी मार्छौ बाजी’

वि.सं.२०७६ मंसिर १० मंगलवार

666 

shares

१० मसिंर, काठमाडौँ । प्रतिनिधिसभा सदस्य प्रदेशसभा सदस्य र स्थानीय तहमा रिक्त पदाधिकारी पूर्ति गर्नका लागि उपनिर्वाचन आउन मात्र चार दिन बाँकी छ । निर्वाचनको दिन नजिकिँदै गर्दा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली काङ्ग्रेसले आआफ्नै दलले बाजी मार्ने दावी गर्दै आएका छन् ।

यही मङ्सिर १४ गते भक्तपुर क्षेत्र नं १ प्रदेश (क) मा प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनमा नेकपा, काङ्ग्रेस र नेपाल मजदूर किसान पार्टीको त्रिपक्षीय प्रतिस्पर्धा हुने भए पनि मतदातामाँझ नेकपा र काङ्ग्रेसले बाजी मार्ने आकलन छ । प्रदेशसभाका सदस्य हरिशरण लामिछानेको निधनपछि रिक्त यस क्षेत्रमा नेकपाले युवा नेता, लेखक एवं अर्थविद् डिपी (देवीप्रसाद) ढकाललाई उम्मेदवार बनाएको छ ।

त्यसैगरी काङ्ग्रेसले व्यवसायी कृष्णलाल भँडेल तथा नेमकिपाले पत्रकार एवं युवा बौद्धिक नेता नीरज लवजूलाई उम्मेदवार बनाएको छ । यी तीन उम्मेदवारको चुनाव प्रचार, घरदैलोदेखि चुनावीसभामा समेत प्रतिस्पर्धा चलेको छ । नेकपाले आगामी तीन वर्षमा विकास र पूर्वाधार निर्माणले चाँगुनारायण क्षेत्रको मुहार फेर्ने प्रतिबद्धता गर्दै मतदातासँग घरघर, टोलटोलमा मत मागिरहेको छ ।

काङ्ग्रेसले सरकारको आलोचना गर्दै सरकारले जनतालाई आश्वासन मात्रै बाँडेको भन्ने आरोपका साथ सफल प्रतिपक्षको भूमिका निर्वाह गर्ने र विकास गर्ने प्रतिबद्धता जनाउँदै जनताको घरदैलोमा पुगेर मत मागिरहेको छ । नेमकिपाले भने विदेशी हस्तक्षेपको विरोध गर्दै देशको सीमा एवं सार्वभौम रक्षा गर्नुपर्ने कार्यसूचीलाई जनतामाझ पुराएको छ ।

नेकपामा उम्मेदवार ढकाल आफ्नो कार्यकालमा विकासले चाँगुनारायण क्षेत्रको मुहार फेर्ने बताउँदै समग्र प्रदेश नं ३ को विकासमा योगदान दिने बताउँछन् । मातृशोकमा परेर घरदैलोमा सहभागी हुन नपाए पनि निरन्तर मतदाताको सम्पर्कमा रहेका काङ्ग्रेसका उम्मेदवार भँडेलले सरकारले आश्वासन दिएर गर्न नसकेका काम पूरा गर्ने गरी भक्तपुरको विकासमा आफू समर्पित रहने बताए ।

नेमकिपाका उम्मेदवार लवजू भने चुनावका बेलामा यति बजेट ल्याउँछु, विकास गर्छु भनी जनतालाई झुटा आश्वासन बाँड्ने दलहरुलाई यसपालि जनताले जवाफ दिने बताए ।
यसअघिको निर्वाचनमा प्रदेशसभा सदस्यका उम्मेदवार लामिछाने १२ हजार ७८९ मत ल्याएर विजयी भएका थिए भने काङ्ग्रेसका जीवन खत्रीले नौ हजार ९७७ र नेमकिपाका लवजुले सात हजार १९ मत प्राप्त गरेका थिए ।

यस पटकको उपनिर्वाचनमा भने सबैको आआफ्नै दावी छ । नेकपाका ढकाल भन्छन् , “हाम्रो पार्टी यसअघि पनि काङ्ग्रेसभन्दा दुई हजार ८१२ मतले विजयी भएकै हो, यसपालि हाम्रो पार्टीको सरकारले ल्याएको विकास बजेटले जनता नेकपाप्रति आकर्षित छन्, त्यसमाथि पनि अहिले काङ्ग्रेस, राप्रपा र नेमकिपा परित्याग गरेर नेता तथा कार्यकर्ता नेकपामा प्रवेश गर्नेको लर्को छ, हामी छ हजार मतान्तरले जित सुनिश्चित गर्छौ ।” उपनिर्वाचन नजिकिँदै गर्दा पार्टी र उम्मेदवारको अङ्कगणित पनि शुरु भएको छ ।

“यस क्षेत्रमा काङ्ग्रेस पहिला पनि कमजोर होइन, नेकपा तेस्रोमा थियो, प्रतिस्पर्धा नेमाकिपासँग हुन्थ्यो, गत चुनावमा केही असन्तुष्ट साथीहरुको मत विभाजन भयो, यस चुनावमा काङ्ग्रेस एक ढिक्का भएको छ, मत खेर जाँदैन”, काङ्ग्रेस उम्मेदवार भँडेल भन्छन् “सरकारबाट वाक्क भएका नागरिकले काङ्ग्रेसलाई मत दिने कुरा छ, फेरि राप्रपा (संयुक्त)को सम्पूर्ण भोट हामीलाई आउने घोषणा र चुनावी एकता भएको छ, नेकपाका असन्तुष्टहरु धेरै छन्, उनीहरुले हामीलाई सघाउने भएका छन्, त्यसैले यस पटकको उपनिर्वाचनमा काङ्ग्रेसले बाजी मार्छ ।”

नेकपा र काङ्ग्रेसले आआफैँले बाजी मार्ने चर्चा गरिरहँदा नेमकिपा पनि यो दाबीबाट पन्छिएको छैन । नेमकिपाका उम्मेदवार लजवु भन्छन्, “सत्तासीन दलहरुले जनतालाई धेरै झुक्याए, सत्तामा छँदा काङ्ग्रेसले झुक्यायो, अहिले नेकपाले । अब जनताले बुझिसके, नेतालाई चिनिसिके, झूटो आश्वासन, लोभ प्रलोभनमा अब मतदाता पर्दैनन्, त्यसैले नेमकिपाले यस क्षेत्रमा उपनिर्वाचनमा बाजी मार्छ ।”

अन्य दलले पदयात्रासहित घरदैलो गरे पनि साझा पार्टीका उम्मेदवार सुरज प्रधानले भने पार्टीको नीतिअनुसार नै पदयात्रा, माइकिङ, माला, खादा सबै बहिष्कार गरेर शुद्धरूपमा घरघरमा पुगेर मतदातासँग मत मागेको बताउँछन् । साझा पार्टी आफ्नै अस्तित्व जोगाउने लडाइँमा छ भने यस पटक राष्ट्रिय प्रजातन्त्र पार्टीका श्यामप्रसाद नेपालले पनि पार्टीको पहिलोको स्थानलाई सुधार गर्दै मत बढाउने लक्ष्यका साथ चुनावी मैदानमा छन् ।

नेकपा (माले)का सुदर्शन लामिछाने, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका मिङ्मार लामा, समाजवादी पार्टीका सुदर्शन कुमार पनि चुनावी प्रचारमा छन् । स्वतन्त्र उम्मेदवारको भने कतै चर्चा छैन । केही दलले मतगणनामा एजेण्ट बढाउन पनि स्वतन्त्र उम्मेदवार उठाएको आरोप लागेको छ ।

वि.सं.२०७६ मंसिर १० मंगलवार ११:२८ मा प्रकाशित

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन

कलैया (बारा) । जिल्लामा यस वर्ष किसानले खेती गरेको गहँु...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

एक करोडमा वडा कार्यालय भवन निर्माण

एक करोडमा वडा कार्यालय भवन निर्माण

ढोरपाटन (बागलुङ) । स्थापना भएदेखि हालसम्म जीर्ण भवनबाट सेवा प्रवाह...

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको इजाजतपत्रका लागि...