back
CTIZAN AD

जन्मदिन मनाएको दुई दिनमै संसार छोडे कोरियामा रहेका राईले

वि.सं.२०७६ मंसिर १० मंगलवार

738 

shares

१० मंसिर, कोरिया । कोरियामा कार्यरत एक नेपाली युवाको मृत्यु भएको छ ।

रोजगार अनुमति प्रणाली (ईपियस ) अन्तर्गत कोरिया पुगेका भोजपुरका अमिन राईले नोभेम्बर २३ का दिन फेसबुकमा लाइभ प्रशारण गर्दै आफ्नो जन्म दिन मनाएका थिए । तर, त्यसको दुई दिनमै अर्थात् नोभेम्बर २५ को राति उपचारकै क्रममा अस्पतालमा उनको मृत्यु भएको समाचार छ ।

आफूलाई ज्वरो आएको स्टाटस फेसबुकमा अपडेट गरेका राईको के कारणले मृत्यु भएको खुलाइएको छैन । अस्पतालका डाक्टरले अज्ञात भाइरसका कारण उनको मृत्यु भएको हुन सक्ने अनुमान लगाएको र ल्याव टेष्ट भइरहेको जनाइएको छ ।

६ वर्ष अगाडि कोरिया पुगेका राई भिसा सकिएपछि पनि त्यहि काम गरिरहेका थिए । राईको शब नेपाल पठाउनका लागि नेपाली दूतावास कोरिया, किराँत राई अर्गनाइजेशन लगायतका कोरियामा रहेका नेपाली संघ संस्थाहरुले पहल गरिरहेको पनि एनआरएनए कोरियाकी पूर्वअध्यक्ष तथा आइसीसी सदस्य लक्ष्मी गुरुङले संसारन्युजलाई जानकारी दिएकी छन् ।

वि.सं.२०७६ मंसिर १० मंगलवार ११:३७ मा प्रकाशित

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वेमा आयोजित एभरेष्ट कपको उपाधि नेपालय क्लवलाई

नर्वे । एनआरएनए नर्वेको आयोजनामा भएको मैत्रीपूर्ण एभरेष्ट कप फूटबल...

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

एनआरएनए आईसीसी बैठक सम्पन्न, क्षेत्रीय सम्मेलनदेखि संगठन एकीकरणसम्मका महत्वपूर्ण निर्णय

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११५औँ अन्तर्राष्ट्रिय समन्वय परिषद्...

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

अमेरिकामा नेपाल डे, नेपाली संस्कृति र समुदायको एकता प्रदर्शन

फेयर लन, न्युजर्सी । अमेरिकामा नेपाल डे एनजे २०२६ भव्य...

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

जय नेपाल इन्टनरनेसनल फाउन्डेशनको अध्यक्षमा डा. पण्डित

काठमाडौँ । जय नेपाल इन्टरनेसनल फाउन्डेशन (जेएनआइएफ) को पहिलो वार्षिक...

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

एनआरएनए क्यानडाद्वारा टोरोन्टोकाे जबरजस्ती करणीसम्बन्धी घटनाबारे आधिकारिक धारणा सार्वजनिक

काठमाडौं ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) क्यानडाले गतवर्ष टोरोन्टोमा सार्वजनिक...