back
CTIZAN AD

१३ औं साग : पोखरामा ८४० खेलाडी सहभागी हुने

वि.सं.२०७६ मंसिर १० मंगलवार

696 

shares

१० मङ्सिर, कास्की । आसन्न १३औं दक्षिण एशियाली खेलकूद (साग) का लागि पोखरामा ८४० खेलाडी सहभागी हुने भएका छन् । यसअघि आर्चरीमा भारत सहभागी नहुने जनाएकाले ८२४ खेलाडीमात्रै पोखरा आउने तय भएकामा अन्तिम समयमा भारत पनि सो खेलमा भाग लिने भएपछि खेलाडी सङ्ख्या बढेको १३औँ साग प्राविधिक समितिका सचिव बलराम लामाले जानकारी दिए ।
आर्चरीका लागि ८ पुरुष र ८ महिला भारतबाट खेलाडी आउने भएका छन् । आर्चरीको १० स्वर्ण पदकका लागि भारतसहित, नेपाल, बङ्गलादेश, पाकिस्तान, भुटान र श्रीलङ्काले प्रतिस्पर्धा गर्ने भएका छन् ।

पोखरामा हुने आर्चरी, भारोत्तोलन, ह्याण्डबल, फुटबल, बिच भलिबल, ट्राइयाथोलन, ब्याडमिन्टन र महिला क्रिकेट खेलमा प्रतिस्पर्धाका लागि पुरुष भन्दा महिला खेलाडीको सङ्ख्या बढी छन् । आठ खेलका लागि ४ सय ९ जना महिला र ३२९ जना पुरुष खेलाडी सहभागी हुने छन् ।
भारतबाट पाँच खेलको लागि १८० जना खेलाडी तथा अफिसियलको सहभागिता रहने छ, जसमा ४९ जना पुरुष, ६९ जना महिला खेलाडी तथा २५ जना अफसियल रहेका छन् । भारतले महिला क्रिकेटमा भने सहभागिता जनाएको छैन ।

माल्दिभसबाट पाँच खेलमा १३६ खेलाडी तथा अफियलको सहभागिता रहेको छ ,जसमा पुरुष ४१, महिला ६१ र ३४ अफिसियलको सहभागिता रहेको छ । माल्दिभ्सले आर्चरी, भारोत्तोलन र ट्राइयाथोलनमा सहभागिता जनाएको छैन ।

बङ्गलादेशबाट ६ खेलको लागि खेलाडी तथा अफिसियल गरी १५० जनाको सहभागिता रहेको छ जसमा पुरुष ५९ जना, महिला ५५ र ३६ जना अफिसियल रहेका छन । बङ्गलादेशले महिला फुटबल र ट्राइयाथोलनमा सहभागिता जनाएको छैन ।

पाकिस्तानबाट ५ खेलमा ९४ जना खेलाडी तथा अफिसियलेको सहभागिता रहेको छ, जसमा पुरुष ३८ जना, महिला ३५ र अफिसियल २१ जनाको सहभागिता रहेको छ । पाकिस्तानले महिला फुटबल, महिला क्रिकेट र ट्राइयाथोलनमा सहभाीगता जनाएको छैन ।
श्रीलङ्काले आठ खेलमा १७५ जना खेलाडी तथा अफिसियलको सहभागिता रहेको छ । पुरुष खेलाडी ६१, महिला खेलाडी ८१ र अफिसियल ३३ जनाको सहभागिता रहेको छ ।

भुटानबाट चार खेलको लागि खेलाडी तथा अफिसियल गरी ४२ जनाको सहभागिता रहेको छ । जसमध्ये पुरुष २९, महिला ६ तथा अफिसियल सात जना रहेको छ । प्रतियोगितामा सबैभन्दा कम सहभागिता भूटानको रहेको छ । भूटानले ह्याण्डबल, महिला फुटबल, बिच भलिबल र ट्राइयाथोलनमा सहभागिता जनाएको छैन ।

पोखरामा ९ खेल हुने भनिए पनि नेपालले स्वर्णपदकको आश गरेको प्याराग्लाइडिङ भने नहुने भएको छ । सागमा २७ खेल हुने भनिए पनि २६ खेलमात्र हुने भएको छ । यसमध्ये पोखरामा ८ खेल हुनेछ ।

वि.सं.२०७६ मंसिर १० मंगलवार १५:३७ मा प्रकाशित

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

नेपाल लाइफ बन्यो फिफा विश्वकप २०२६ प्रसारणको सह-प्रायोजक

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालमा फिफा विश्वकप...

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

विश्वकप फुटबलः कालेब यिरेनकीको गोलमा घाना विजयी

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज भएको समूह ‘एल’को...

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

फिफा विश्वकप फुटबल : इंग्ल्याण्डद्वारा क्रोएसिया पराजित

काठमाडौँ । फिफा विश्वकप फूटबल प्रतियोगिताको आज भएको खेलमा इंग्ल्याण्डले...

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

विश्वकप फुटबलः फ्रान्सद्वारा सेनेगल ३–१ ले पराजित

काठमाडौँ । फिफा विश्वकप फुटबल प्रतियोगिताअन्तर्गत आज बिहान सम्पन्न समूह...

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

विश्वकप फुटबलः उरुग्वे र साउदी अरबबीचको खेल बराबरीे

काठमाडौँ । फिफा विश्वकप–२०२६ अन्तर्गत समूह ‘एच’ को उरुग्वे र...