back
CTIZAN AD

एनआरएनए पोर्चुगलका अध्यक्ष गैरेद्धारा गम्भीर ध्यानाकर्षण

वि.सं.२०७६ मंसिर ११ बुधवार

1.4K 

shares

११ मंसिर, पोर्चुगल । गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलका अध्यक्ष तिलक गैरले एक समाचारप्रति गम्भीर ध्यानआर्कषण भएको जनाएको छन् ।

मंगलबार राष्ट्रिय समाचार समिति (रासस) द्धारा प्रकाशित ‘पोर्चुगलमा सडकमै सुत्छन् नेपाली’ नाम शिर्षकमा विभिन्न मेडियामा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाउँदै खेद प्रकट समेत गरेका छन् ।

पोर्चुगलमा सडकमै सुत्छन नेपाली भन्ने उक्त समाचारका विषयमा गैरेले दुईचार जना दुव्र्यसको शिकार भएका युवाहरु, परिवार एवंम् समानको अथक प्रयासका बाबजुद सडकमा पनि भेटिने गरेको तथ्यलाई अतिरंजित गरि रासस जस्तो विश्वसनिय संस्थाले काल्पनिक रुपमा हचुवाको भरमा समाचार प्रकाशन गर्नु खेदजनक कार्य भएको भन्दै आपत्ति जनाएका हुन् ।

यस्तो छ अध्यक्ष गैरेको ध्यानाकर्षण पत्र

ध्यानाकर्षण सम्बन्धमा !
रा स स मा आज प्रकाशित ‘पोर्चुगलमा सडकमै सुत्छन् नेपाली !’ शिर्षकको समाचार नामको कथा प्रति NRNAपोर्तुगलको गम्भिर ध्यानाकर्षण भएको छ । दुइ चार जना दुब्र्यशनको शिकार भएका युवाहरु, परिवार एबम समाजको अथक प्रयासका बाबजुद सडकमा पनि भेटिने गरेको तथ्यलाई अतिरंजित गरि रा स स जस्तो बिश्वश्नीय संस्थाले हचुवा र काल्पनिक रुपमा समाचार प्रकाशन गर्नु अत्यन्त खेदजनक कार्य भएको हाम्रो ठहर छ ।

पोर्तुगलमा अन्य आप्रबासी समुदायको तुलनामा नेपाली समुदाय परिश्रमी, इमान्दार र कर्तब्यपरायण रहेको तथ्य पोर्तुगलमा कसैबाट छिपेको छैन । र दुब्र्यशनको कूलतमा फसेका ती केहि व्यक्ति लाइ rehabilitation मा राख्ने, परिवारसँग सम्पर्क गरि नेपाल फर्काउने, पोर्तुगलमा रहेका परोपकारी संघ संस्था मार्फत सहयोग गर्ने आदि कुरा गरिरहेको यथार्थ कुरा थाहा पाउदा पाउँदै, तथा हामिले गरिरहेको र थप केहि गर्ने योजनामा रहेको कुरा बताएपछि, उक्त कुराहरुलाइ पत्रकारले उल्टै यस्तो गर्न सकिन्छ भनेर हामीलाई नै सुझाब दिने कुचेष्टा गरेको प्रति पनि हाम्रो खेद छ ।

अन्त्यमा तथ्यहिन रुपमा पोर्तुगलमा रहेका स्वाभिमानी नेपाली आप्रबासीहरुको मानमर्दन हुने गरि बदनियतपूर्वक लेखिएको उक्त समाचारमा कुनै सत्यता नभएको जानकारी गराउर्छौं । तथा उक्त भ्रामक समाचार प्रति चासो राख्नु भएकोमा गैर आवाशीय नेपाली संघका केन्द्रीय अध्यक्ष कुमार पन्तज्यूलाई धन्यवाद दिंदै सम्पूर्ण मित्रहरु र परिवारजनहरुलाई उक्त बहकाउ को पछि नलाग्न आग्रह गर्दै, उक्त भ्रमपूर्ण समाचारको रा स स ले खण्डन प्रकाशन गरोस् भनि माग समेत गर्दछौं ।

तिलक गैर
अध्यक्ष, गैर आवाशीय नेपाली संघ, पोर्तुगल

 

यस्तो थियो राससको समाचार

सडक जीवन बिताउँदै छन् पोर्चुगलमा नेपालीहरु, के होला त कारण ?

वि.सं.२०७६ मंसिर ११ बुधवार ०८:५८ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...