back
CTIZAN AD

सागको मिति घोषणा

वि.सं.२०७३ मंसिर १८ शनिवार

1.1K 

shares

१८ मङ्सिर,काठमाडौँ  । ओलम्पिक काउन्सिलले तेह्राँै दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग)को मिति घोषणा गरेको छ ।

काउन्सिलको आज यहाँ सम्पन्न बैठकले सन् २०१९ मार्च ९ देखि १८ सम्म उक्त प्रतियोगिता नेपालमा आयोजना गर्ने निर्णय गरेको हो । भारतमा यसैवर्ष सम्पन्न १२औँ साग समापन समारोहमा नै १३औँ साग नेपालमा गर्ने घोषणा भएको थियो । हरेक दुई वर्षमा आयोजना हुने उक्त खेल नेपालको आन्तरिक कारणले केही समय लम्बिन गएको हो ।

आजको बैठकले ओलम्पिक परिषद्को प्रधान कार्यालय काठमाडौँमा स्थापना गर्ने निर्णय गरेको नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले राससलाई बताउनुभयो ।

तेह्रौँ सागमा कम्तिमा २० र बढीमा २५ खेल समावेश गर्ने निर्णय पनि बैठकले गरेको उहाँले जानकारी दिनुभयो । परिषद्को अर्को बैठक भुटानमा हुनेछ । रासस

वि.सं.२०७३ मंसिर १८ शनिवार १२:५१ मा प्रकाशित

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य

काठमाडौँ । एकदिवसीय खेलमा अमेरिकाले नेपाल ‘ए’सामु जितका लागि २६३...

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

विश्वकप लिग २ः ओमानमाथि नेपालको जित

काठमाडौँ । आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक...