back
CTIZAN AD

यस्तो छ तपाईको आज( मसिंर १३ गते) को राशिफल

वि.सं.२०७६ मंसिर १३ शुक्रवार

957 

shares

मेष राशि चु, चे, चो, ला, लि, लु, ले, लो, अ‍े
तत्काल उपलब्धि प्राप्त नभए पनि सम्भावना खोजी गर्ने समय छ। दिगो फाइदा हुने योजना बन्न सक्छ। आफूलाई धेरै लाभ नभए पनि सानो प्रयत्नले समाजका लागि फाइदा हुने काम बन्न सक्छ। अवसरवादीहरूबाट सजग रहँदै गोपनीयतामा ध्यान पुर्याउनुहोला। रोकिएका काम दोहोर्याउन सकिनेछ। बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ ।

वृष राशि इ, उ, ए, ओ, वा, वि, वु, वे, वोे
जिम्मेवारीले व्यस्त बनाउनेछ तर शरीरमा कमजोरी अनुभूति हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। आकस्मिक समस्याले चिताएको काम रोकिनेछ भने मनमा निराशा छाउनेछ। गोपनीयता बाहिरिनाले पनि समस्या पर्न सक्छ। फजुल खर्चले अर्थ संग्रहमा बाधा पुग्नेछ। उपलब्धिमा चित्त बुझाउन नसक्दा वादविवाद हुनेछ ।

मिथुन राशि का, कि, कु, घ, ङ, छ, के, को, हो
दिन लाभदायक र मनोरञ्जनपूर्ण रहनेछ। घरमा सुख र समृद्धिको आगमन हुनेछ। प्रियजनसँग रमाइलो भेटघाट हुनेछ। अतिथिको रूपमा सत्कार पाइनेछ। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ। काममा आफन्त र साथीभाइबाट सक्दो सहयोग मिल्नेछ। सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् ।

कर्कट राशि हि, हु, हे, हो, डा, डि, डु, डे, डोे
मिहिनेतको फलले हर्षित तुल्याउनेछ। प्रतिस्पर्धाको दौडमा विजयी भइनेछ। द्वेष तथा ईष्र्या गर्नेहरूले हार खानेछन्। चुनौती चिर्दै रोकिएका काम सम्पादन गर्न सफल भइनेछ। स्वास्थ्य सबल रहनेछ भने पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ। विभिन्न भौतिक साधन जुट्नेछन्। व्यापारलगायत आर्थिक लाभ हुने काम प्रारम्भ हुने समय छ ।

सिंह राशि मा, मि, मु, मे, मो, टा, टि, टु, टे
व्यावहारिक समस्याले केही योजना स्थगन हुने देखिन्छ। ईष्र्या गर्नेहरूले सताउनेछन् भने अप्ठ्यारा परिस्थिति सुल्झाउन केही समय जुट्नुपर्ला। ढिलै भए पनि मिहिनेतको नतिजा प्राप्त हुनेछ । कामको चाप बढ्न सक्छ। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। अध्ययनमा समय दिन नसकिएला। फाइदाका लागि केही समय प्रतीक्षा गर्नुपर्ला ।

कन्या राशि टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। हिस्सेदारसँग असमझदारी बढ्नाले पहिलेको सम्झौता भंग हुनेछ। बेसुरमा दिइएको वचनले समस्या निम्त्याउन सक्छ। योजना तत्काल सार्वजनिक नगर्नुहोला। कृषिबाट सामान्य लाभ हुनेछ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुहोला। साझेदारीमा अरूको फाइदाका लागि उपयोग भइएला।

तुला राशि रा, रि, रु, रे, रो, ता, ति, तु, ते
छोटो समयमा राम्रो उपलब्धि हातलागी हुनेछ। स्रोत९साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। नौलो प्रकृतिको काम शुभारम्भ गर्ने मौका छ ।

वृश्चिक राशि तो, ना, नि, नु, ने, नो, या, यि, युे
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ। अभिव्यक्ति तथा लेखनकलामा पनि निखारता आउनेछ। असल विचार र बुद्धिको उपयोगले विद्या, प्रसिद्धि र धन आर्जन हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। तर बोलीको भरमा काम सम्पादन नहुन सक्छ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला ।

धनु राशि ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
तारिफयोग्य काम सम्पादन हुनाले प्रशंसकहरू बढ्नेछन्। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। बिछोडिएका आफन्तजन भेटिनेछन्। सुन्दर पहिरनले व्यक्तित्व निखार्ने समय छ। नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू पनि बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ ।

मकर राशि भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आकस्मिक खर्च बढ्नाले अर्थ अभाव देखापर्न सक्छ। बेलैमा होस नपुग्नाले फाइदा गुम्ने देखिन्छ। करकापमा परी काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ। व्यावसायिक काममा लगानीको मात्रा बढाउनुपर्ला। अप्ठ्यारोमा शुभचिन्तकहरू समेत टाढा हुनेछन्। धेरै लगानी गर्दा कममात्र फाइदा हुनेछ। लामो यात्राको प्रक्रिया अघि बढ्न सक्छ ।

कुम्भ राशि गु, गे, गो, सा, सि, सु, से, सो, दा
प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि, पशुपालन तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ। चलअचल धनको उपयोगबाट मनग्गे फाइदा उठाउन सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका प्राप्त हुनेछ ।

मीन राशि दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ। प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ। विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। कामको सन्दर्भमा विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ। नोकरी तथा व्यवसायमा विशेष फाइदा होला। आफ्नै रुचिका विषयमा लगानी बढाउन पनि सकिनेछ ।

२०७६मसिंर १३ गते शुक्रबार
उपप्रा, लक्ष्मीप्रसाद बराल फलितज्योतिषाचार्य ९८४१३५२१६४

वि.सं.२०७६ मंसिर १३ शुक्रवार ०६:५६ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...