back
CTIZAN AD

नगरपालिकाको सह्रानिय कार्य, छोराछोरी स्कुल पठाउनेलाई दैनिक भत्ता

वि.सं.२०७६ मंसिर १२ बिहीवार

780 

shares

१२ मंसिर, अमरगढी । दिवा खाजासहित विद्यालय पठाउने विद्यार्थीका अविभावकलाई दैनिक रु १५ दिइने भएको छ । अमरगढी नगरपालिकामा दैनिक दिवा खाजासहित विद्यालय पठाउने विद्यार्थीका अविभाकलाई दैनिक रु १५ का दरले भुक्तानी दिने गरेको अमरगढी नगरपालिकाले जनाएको छ ।

नगरपालिकाभित्रका २७ विद्यालयका बालविकासदेखि ५ सम्मका एक हजार ८२५ विद्यार्थीलाई दैनिक उक्त सेवा उपलब्ध गराउने गरेको जनाइएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आर्थिक सहयोगमा कक्षा ५ सम्मका विद्यार्थीलाई एक आर्थिक वर्षको १८० दिनसम्म सो सुविधा दिने व्यवस्था अनुसार नगरपालिकाका विद्यालयमा दिवा खाजा कार्यक्रम मङ्सिर १ गतेबाट शुरु गरिएको नगरपालिकाका शिक्षा प्रमुख शाखा अधिकृत हेमन्त पन्तले बताए ।

विद्यार्थीले टिफिनमा मकै, चिउरा, चना, आलु, खिचडी, पुरी तरकारी, साग, रोटी र जाउलो जस्ता खाजाका परिकार दैनिकरुपमा ल्याउनेगरी गरी पहिलो चरणमा अभिभावकको भेला गरी दिवा खाजा अभियान शुरु गरिएको उनले बताए ।

अमरगढी–७ को उग्रतारा मावि कक्षा ५ मा अध्ययनरत छात्रा आशा रैकालले अहिले दैनिक आमाले खाजाको टिफिन तयार गरेर विद्यालय पठाउने गरेकाले दिनभरि अध्ययनमा रुचि रहने गरेको बताइन् । यस्तै दिवा खाजा कार्यक्रम शुरु भएयता विद्यालयमा आउने विद्यार्थीको उपस्थितिमा निकै बढेको शम्भुनाथ आधारभूत विद्यालय अमरगढी–६ का शिक्षक भक्त विकले बताए । पहिले ७० देखि ८० प्रतिशत विद्यार्थी दैनिक उपस्थित हुने गरेपनि अहिले दैनिक शतप्रतिशतसम्म विद्यार्थी उपस्थित हुने गरेको उनले बताए । बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थी नै कम उपस्थित हुने भएकाले अहिले उनीहरुलाई प्रोत्साहनस्वरुप दिवा खाजा भएको शिक्षक विकले बताए । रासस

वि.सं.२०७६ मंसिर १२ बिहीवार १७:५२ मा प्रकाशित

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिममा ३७ अर्ब ७० करोड बजेट विनियोजन

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

बङ्गुरका पाठापाठी बिक्रीबाट मासिक रु ७० हजार आम्दानी

गोदावरी (कैलाली) । गौरीगङ्गा नगरपालिका–१ की ३५ वर्षीया पूजा रावलले...

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्र राजमार्गको अतिक्रमित जमिन खाली गर्न आग्रह

महेन्द्रनगर । यहाँस्थित स्वीकृति विना अस्थायी/स्थायी घरटहरा निर्माण गर्नेलाई सार्वजनिक...

रास्वपा बैतडीको सभापतिमा नाथ

रास्वपा बैतडीको सभापतिमा नाथ

दशरथचन्द (बैतडी) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बैतडीको सभापतिमा भीम...

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

अपिहिमाल सडक सञ्जालमा जोडियो, स्थानीयलाई दैनिकी सहज हुने आशा

दार्चुला, २३ जेठ – दार्चुलाको अपिहिमाल गाउँपालिका सडक सञ्जालमा जोडिएको छ।...