back
CTIZAN AD

टुँडिखेल खुला गर्नुपर्नेमा कामपा सकारात्मक

वि.सं.२०७६ मंसिर १३ शुक्रवार

774 

shares

१२ मङ्सिर, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले टुँडिखेल खुला गर्नुपर्छ भन्ने अभियान सकारात्मक रहेको स्पष्ट पारेको छ । टुँडिखेलको धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वलाई जीवन्त राखी संरक्षण र खुला बनाउने दायित्व महानगरपालिकाको नै रहेको जनाइएको छ ।

करीब दुई हप्तादेखि सम्पदा संरक्षण अभियानकर्मीले ‘अकुपाईँ टुँडिखेल अभियान’ सञ्चालन गर्दै विभिन्न दबाबमूलक कार्यक्रम गरिरहँदा महानगरपालिकाले यस्तो जनाएको हो । नगर प्रमुख विद्यासुन्दर शाक्यले हरेक राजनीतिक परिवर्तनको साक्षी बनेको टुँडिखेललाई पहिलाकै अवस्थामा ल्याउन आफूले सक्दो प्रयास गर्ने भन्दै त्यस विषयमा राजनीति नगर्न आग्रह गरेका छन् ।

उनले भने, “दरबार हाइस्कूल र धरहरा पुनः निर्माण वीर अस्पतालका भवन निर्माण गर्ने क्रममा त्यहाँ निर्माण सामग्री थुपारिएको हो, ती संरचनाको निर्माण पूरा हुँदैछन्, ती संरचना पूरा हुने बित्तिकै खुलामञ्च खाली हुन्छ ।” सम्पदा संरक्षण अभियन्ता आलोक तुलाधरले पुनःनिर्माणको सम्बन्धमा हो वा अन्य कुनै बहानामा खुलामञ्चमा भएको अतिक्रमण तत्काल हटाउनुपर्ने बताए । स्वच्छ, सफा र खुला टुँडिखेलका लागि नागरिक दबाबका कार्यक्रमको नेतृत्व प्रमुख शाक्यले नै गर्नुपर्ने अभियानकर्मीहरुको भनाइ छ ।

अहिले टुँडिखेलको केही जग्गामा बसपार्क सञ्चालन हुँदै आएको छ भने धरहरा र दरबार हाइस्कूल पुनःनिर्माणका सामग्री राखिएका छन् । दुई वर्षका लागि भन्दै लामो समयदेखि बसपार्क सञ्चालन हँुदा पनि यहाँ व्यवस्थापनमा थप समस्या भएको छ । “महानगरपालिका धुलो–धँुवामुक्त र हरियालीयुक्त महानगरको अभियानमा छ”, प्रमुख शाक्यले भने, “चिनियाँ राष्ट्रपति सी चिनफिङ नेपाल भ्रमणमा आउँदा हामीले सडक सफा गर्ने क्रममै टुँडिखेलको धुलो बाहिर नजाओस् भनी त्यहाँ सामान्य मर्मत गरेको हो ।”

उनले आफु प्रमुख निर्वाचित हुनुभन्दा अघि नै त्यहाँ बसपार्क रहेको बताए । “त्यहीँ बसपार्कमा अस्थायीरूपमै सामान्य मर्मत गर्दा त्यहाँ पनि महानगरपालिकाले स्थायी बसपार्क बनायो भनेर ठूलो हो–हल्ला गर्ने काम भयो”, उनले भने, “टुँडिखेललाई स्थायी बसपार्क बनाउने अभियानमा महानगरपालिका हिजो पनि थिएन, आज पनि छैन र भोलि पनि रहने छैन ।”

वि.सं.२०७६ मंसिर १३ शुक्रवार १२:१९ मा प्रकाशित

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

तराईमा तातो हावा र पहाडमा वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले सुदूरपश्चिम र लुम्बिनी...

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

माछा मार्न गएका भण्डारीको करेन्ट लागेर मृत्यु

त्रिवेणी (रुकुम पश्चिम) । मुसिकोट नगरपालिका–१ का सुन्दर भण्डारीको मृत्यु...

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

दुई टिपरमा च्यापिएर युवकको मृत्यु

काभ्रेपलाञ्चोक । मण्डनदेउपुर नगरपालिका–१२ ठूलीबेँसीस्थित इन्द्रावती नदीको बेतिनी बगरमा गए...

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव स्वीकृत

काठमाडौँ । प्रतिनिधिसभा बैठकले ‘आर्थिक विधेयक, २०८३ माथि विचार गरियोस्’...