back
CTIZAN AD

नेपालका विद्यार्थीले पनि अन्तर्राष्ट्रियस्तरको कम्युटर शिक्षा पढ्न पाउने

वि.सं.२०७६ मंसिर १३ शुक्रवार

876 

shares

१३ मसिंर, काठमाडौँ । नेपालका विद्यार्थीले पनि अब अन्तर्राष्ट्रियस्तरको कम्युटर शिक्षा पढ्न पाउने भएका छन् । नेपालका विद्यार्थीलाई पनि अन्तर्राष्ट्रियस्तरको कम्युटर शिक्षा दिलाउन सफ्ट्वेरिका कलेज अफ आइ टि एण्ड इ कमर्सले बेलायतको ‘डिजिटल प्रोग्राम’ नेपालमा भित्र्याएको छ ।

बेलायत सरकार मातहत दर्ता भई विद्यालय र उच्च शिक्षासम्बन्धी पाठ्यक्रम निर्माण गर्ने एनसिसी एजुकेशनले तयार गरेको डिजिटल प्रोग्रामलाई नेपालमा ‘डिजी स्कुल’ नाम दिइएको हो ।

त्यसलाई नेपालका विभिन्न स्कुल तथा कलेज हरूको पाठ्क्रममा समावेश गरेर लैजाने तयारी भएको डिजी स्कुल नेपालका प्रबन्ध निर्देशक विज्ञान श्रेष्ठले जानकारी दिए । श्रेष्ठले पोखरामा सञ्चालित विभिन्न निजी स्कुलका संस्थापक एवं प्राचार्य हरूबीच अन्तरक्रियात्मक कार्यक्रम गरेर ‘डिजी स्कुल’को बारेमा जानकारी गराएको बताए ।

नेपालका विद्यार्थी हरूले पनि अन्तर्राष्ट्रियस्तरको कम्युटर शिक्षा हासिल गर्न सकुन् भन्ने उद्देश्यले यसलाई काठमाडौँ, पोखरालगायत निजी स्कुलका प्राचार्यबीच अन्तरक्रिया गरेर जानकारी गराइएको श्रेष्ठले बताए ।

एनसिसी एजुकेशन बेलायतका चिफ अपरेटिङ अफिसर एलन नोर्टनले ‘डिजी स्कुल’ को बारेमा जानकारी गराएका थिए । यो पाठ्ययक्रम पढ्ने विद्यार्थीले एनसिसी एजुकेशन बेलायतबाटै प्रमाणपत्र पाउने नोर्टनले बताए । नोर्टनका अनुसार डिजी स्कुल सञ्चालन गर्न चाहने कुनै पनि स्कुलले सफ्ट्वेरिका कलेजसँग सम्पर्क गरी अध्यापन शुरू गर्न सक्छन् ।

यसको अध्यापन अनलाइन र अफलाइन दुवै प्रणालीबाट गर्न सकिने छ । कम्प्युटर प्रणालीमा हरेक विद्यार्थीको आआफ्नै लग इन हुने भएकाले उनीहरूको प्रगति विवरण शिक्षकले चाहेको बेला सजिलै हेर्न सक्छन् । कक्षा १ देखि ११ सम्मका विद्यार्थीका लागि तयार गरिएको कम्प्युटर शिक्षाको पाठ्यक्रम ‘डिजी स्कुल’ शुरू भएपछि नेपाली स्कुले विद्यार्थीले पनि अन्तर्राष्ट्रियस्तरको कम्प्युटर शिक्षा पाउने डिजी स्कुलका क्षेत्रीय निर्देशक ओम उपाध्यायले बताए ।

उपाध्यायका अनुसार एसइई सकेर कम्प्युटर सिक्न चाहने विद्यार्थीहरूले डिजी स्कुलमा जाभा, पाइथन, सिउडोकोड, स्क्र्याच, डाटा साइन्स, साइबर सेक्युरिटी, फोटो भिडियो सम्पादन, कम्प्युटर हार्डवेयर मर्मतलगायत विषय सिक्ने पाउनेछन् । आजको डिजिटल संसारमा विद्यार्थीलाई डिजी स्कुलको अध्ययन निकै उपयोगी हुने विश्वास गरिएको उपाध्यायले बताए ।

वि.सं.२०७६ मंसिर १३ शुक्रवार १२:२७ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...