back
CTIZAN AD

पहिलो कृषि तारा अवार्ड कार्कीलाई

वि.सं.२०७६ मंसिर १३ शुक्रवार

915 

shares

१३ मंसिर काठमाडौं । इज्रयाली दुतावास र खेतान समुहद्वारा संचालित अवसर फाउण्डेसनले संयुक्त रुपमा आयोजना गरेको पहिलो कृषितारा अवार्ड २०७६ सुर्खेतका यूवा किषान दिपेन्द्र कार्कीले प्राप्त गरेका छन । बिहिबार राजधानीमा इज्रयाली दुतावासले आयोजना गरेको एक कार्यक्रमका बिच कृषि तथा पशुपंक्षि विकास मन्त्रालयका सचिव डा. युवकध्वज जिसिले उक्त पुरस्कार तथा प्रमाण पत्र प्रदान गरेका हुन । पुरस्कार राशि नगद पांच लाख रहेको छ ।

इज्रयालमा कृषि तालिम सकेर फर्किएपछि व्यवसायीक कृषिकर्ममा लागेका यूवाहरु मध्येबाट कार्की उत्कृष्ट भएका हुन । पहिलो चरणमा देशै भरिबाट छनौटमा परेका १० यूवा कृषकहरुमध्येबाट कार्की उत्कृष्ट घोसित भएका थिए ।


सन २०१५ मा कृषि तलिममा इज्रयाल गएका कार्की सुरुका तीन महिना तरकारी र बाँकि नौं महिना गाईपालनमा लागेका थिए । त्यहाँबाट फर्किए पछि उनले आफ्नै गाउँ सुर्खेतको विरेन्द्रनगर वाड नं ९ मा गाई पालन र अग्र्यानिक तरकारी खेती गरिरहेको बताए । यो पुरस्कारले कृषिमा निरन्तर लागि रहन थप हौसला मिलेको बताएका थिए ।

सन २०१३ बाट इज्रयाल सरकारले बर्षेनी यूवाहरुलाई कृषि तालिमको लागि लैजाने गरेकोछ । अहिले सम्म करिब २७ सय यूवा सो कार्यक्रम पुरा गरेर फर्किएको र ५४० अहिले पनि तालिमको क्रममा रहेको इज्रयाल दुताबासले जनाएकोछ ।


कार्यक्रममा इज्रयाली राजदुत बेन्नी ओमार, इज्रयालका लागि नेपाली राजदुत डा. अञ्जान शाक्य, साना किसान बिकास लघुबित्त बित्तिय संस्थाका प्रमुख कार्यकारी अधिकृत डा. शिबराम प्रसाद कोईराला लगायतको उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा निर्णायक मण्डलको नेतृत्व गर्दै कृषि बिज्ञ डा. विष्णु चापागाईले निर्णय राजदुत ओमारलाई हस्तान्तरण गरेका थिए ।।

वि.सं.२०७६ मंसिर १३ शुक्रवार १३:३६ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...