१३ मसिंर, काठमाडौँ । दैलेखको गुराँस गाउँपालिकामा गाडी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
सुर्खेतबाट दैलेखतर्फ आउँदै गरेको बुलबुल समितिको भे १ ज १०२९ नम्बरको हायस गुराँस गाउँपालिका ४ मुङ्ग्राहामा दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको तथा १५ जना घाइते भएको घटना स्थलमा रहेका असही चन्द्रलाल गिरीले जानकारी दिएका छन् ।
दुर्घटनामा घाइते भएका १५ जनालाई क्षेत्रीय अस्पताल सुर्खेत पठाइएको गिरीले जानकारी दिए ।
वि.सं.२०७६ मंसिर १३ शुक्रवार १३:३२ मा प्रकाशित






























