back
CTIZAN AD

त्रिदेशीय साझेदारीमा भारत-चीन सकारात्मक:प्रचण्ड

वि.सं.२०७६ मंसिर १३ शुक्रवार

1.1K 

shares

१३ मंसिर, काठमाण्डौं । पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिदेशीय साझेदारीको रणनीतिमा भारत र चीन दुवै सकारात्मक बन्दै गएको बताएका छन् ।

‘नेपाल–चाइना मेडिया फोरम’ द्धारा शुक्रबार काठमाण्डौंमा आयोजित एक कार्यक्रममा पूर्वप्रधानमन्त्री प्रचण्डले आफूद्धारा उठाइएको त्रिदेशीय साझेदारी रणनीतिको निर्माणमा विस्तारै दुवै देश सकारात्मक भएको  बताएका हुन् । नेपालको मात्र होइन, भारत र चीनको पनि हित र समृद्दिका लागि त्रिदेशीय साझेदारी निर्माणको महसुस सबैलाई भएको समेत प्रचण्डले बताए ।

नेपाल, चीन र भारतवीच त्रिदेशीय समन्वय र सहकार्यबाटै समृद्दि हासिल हुने कुरालाई चिनियाँ राष्ट्रपतिको नेपाल अघि गरेको भारतको भ्रमणले पृष्टि गरेको तथा राष्ट्रपतिसँग आफूले पौने दर्जन भेटघाट गरेको समेत खुलासा गरे ।

नक्कल नगरीकन चिन्तन र सभ्यताको विकास गर्न, राष्ट्रिय एकतालाई सुदृढ गर्न र एकताको बलमार्फत् सीमा सुरक्षा गर्न मेडियाको भुमिका हुने बताउँदै उनले चुनौती रहित उपलब्धि नहुने बताए । चीनसँगको सम्बन्ध अझै सुदृढ गर्न तथा त्रिदेशीय रणनीति निर्माणको थप आधार बनाउन आफू छिट्टै चीन जान लागेको पनि प्रचण्डले बताए ।

‘नेपाल–चाइना मेडिया फोरमका अध्यक्ष किशोर श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा विदेश विभाग उपप्रमुख विष्णु रिजाल, पूर्वमन्त्री डा. रामशरण महत, चिनियाँ दूतावासका राजनीति र प्रेस मामिला प्रमुख वाङ सियालोङ लगायतले मंतव्य राखेका थिए ।

कार्यक्रमको दोस्रो शत्रमा पूर्वराजदूत हिरण्यलाल श्रेष्ठले सभापतित्व गरेका थिए भने प्रा.डा युवराज संग्रौला र युवराज घिमीरेले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि प्रा.डा खड्ग केसी तथा वरिष्ठ पत्रकार तीर्थ कोइरालाले टिप्पणी राखेका थिए ।

वि.सं.२०७६ मंसिर १३ शुक्रवार १३:५१ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...