back
CTIZAN AD

प्रधानमन्त्री ओेलीको स्वास्थ्यमा सुधार, डा. सायमी भन्छन्–प्रधानमन्त्रीमा आत्मविश्वास उच्च छ

वि.सं.२०७६ मंसिर १३ शुक्रवार

726 

shares

१३ मसिंर, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा उल्लेखनीय सुधारको क्रम जारी रहेको छ । उनको फिजिकल तथा बायोकेमिकल मापदण्डसमेत अपेक्षाकृत सुधार आएको उपचारमा संलग्न चिकित्सकले जनाएका छन् ।

“प्रधानमन्त्री ओलीलाई मुखबाट आवश्यक ठोस खाना दिन थालिएको छ, पाचन राम्रो देखिएको छ”, उनका निजी चिकित्सक डा दिव्यासिंह शाहले भने । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या आएपछि यही मङ्सिर १० गते एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री ओलीको स्वास्थ्य स्थितिबारे उनको उपचारमा संलग्न चिकित्सकद्वारा संयुक्तरूपमा आज आयोजित पत्रकार सम्मेलनमा निजी चिकित्सक डा शाहले सो जानकारी दिँदै बायोकेमिकलअन्तर्गत श्वास–प्रश्वास, रगत, पिसाब, रक्तचापलगायत अवस्था ठिक रहेको बताए ।

“प्रधानमन्त्री ओली खतरामुक्त छन् । तर, सघन उपचारकक्षमा रहेका छन् । विस्तारै हिँडडुल गर्न थालेका छन् । मिर्गौलालगायत समग्र स्वास्थ्यमा सुधार आएको छ”, उनले सञ्चारकर्मीलाई भने, “घाउको सङ्क्रमण नहोस् भन्नाका लागि मात्र सघन उपचारकक्षमा प्रधानमन्त्रीलाई राखिएको हो”, निजी चिकित्सक डा शाहले भने ।

“प्रधानमन्त्री ओलीको आत्मविश्वास तह (कन्फिडेन्स लेबल) उच्च रहेको छ, उनी आत्तिएका छैनन् । मलाई छिटो डिस्चार्ज गर्नुप¥यो भनिरहेका छन् । उनीजस्तो आत्मविश्वासी मैले कसैलाई देखेको छैन”, उपचारमा संलग्न प्रा डा अरुण सायमीले भने । प्रा डा सायमी वरिष्ठ मुटुरोग विशेषज्ञ हुन् ।

“प्रधानमन्त्री ओलीको शल्यक्रिया गरिएको एपेन्डिसाइटिसको घाउ विस्तारै निको हुँदै गएको छ । घाउले शरीरको अन्यत्र भागमा सङ्क्रमण गरेको छैन । अरु बिरामीभन्दा मिर्गौला प्रत्यारोपण गरेका बिरामीको घाउ निको हुन समय लाग्छ । यही क्रममा सुधार भएमा अर्को हप्ता प्रधानमन्त्रीलाई डिस्चार्ज गर्न सकिन्छ ।” उपचारमा संलग्न प्रा डा रमेशसिंह भण्डारीले भने । प्रा डा भण्डारी कलेजो प्रत्यारोपणका विज्ञ हुन् ।

“जति चाँडो घाउ निको हुन्छ, त्यत्ति नै प्रधानमन्त्री पूर्ववत् काममा फर्किन सक्नुहुन्छ । घाउ छिटो निको बनाउन हाम्रो प्रयास जारी रहेको छ”, उनले भने । अहिले चिकित्सकहरुले प्रधानमन्त्रीको समग्र स्वास्थ्यलाई विशेष निगरानी गर्दै उपचार गरिरहेका छन् । “शल्यक्रिया गरिएको घाउबाट सङ्क्रमण हुन नदिन र मिर्गौलाको कामलाई निगरानी गरिरहेका छौँ”, डा शाहले भने ।

चिकित्सकका अनुसार प्रत्यारोपण गरिएको मिर्गौलबाट रक्तस्राव हुन नदिन डायलाइसिस गर्ने गरिन्छ । प्रधानमन्त्रीको मिर्गौलाको पुनः प्रत्यारोपणको कुरा आइरहेको छ नि रु भन्ने सञ्चारकर्मीको जिज्ञासामा निजी चिकित्सक डा शाहले भने, “कुन समयमा कहाँ प्रत्यरोपण गर्ने अथवा डायइलिस जारी राख्ने भन्नेबारेमा उचित समयमा उचित निर्णय लिन्छौँ ।” सेन्टरका कार्यकारी निर्देशक प्रा डा उत्तमकृष्ण श्रेष्ठले प्रधानमन्त्री ओलीको स्वास्थ्य उपचारमा सेन्टरले आवश्यक सबै काम गरेको जानकारी दिए ।

वि.सं.२०७६ मंसिर १३ शुक्रवार १४:०७ मा प्रकाशित

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

एनआरएन नागरिकता कार्यान्वयनमा गम्भीर चुनौती, एकीकृत ऐनको माग

काठमाडाैँ ।  गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नागरिकता कार्यान्वयनमा गम्भीर...

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

कृषिप्रधान देशको कटु यथार्थः ११ महिनामा साढे २ खर्बभन्दा बढीको खाद्यान्न, तरकारी र तेल आयात !

काठमाडौँ । नेपाललाई ‘कृषिप्रधान देश’ भनिए तापनि भन्सार विभागको चालू...

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

अत्यधिक गर्मी बढेपछि लमहीका विद्यालय चार दिन बिदा

घोराही (दाङ) । लमही नगरपालिकाले पछिल्लो समय अत्यधिक गर्मी बढेपछि...

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

कोटेश्वर र जडीबुटीमा यात्रुलाई सास्ती दिने १० पक्राउ

काठमाडौँ ।  ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाबाट बाहिरिने यात्रुलाई अनावश्यक दुःख...

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

चलचित्र ‘लालीबजार’ सबैभन्दा अघि

काठमाडौँ । चलचित्र विकास बोर्डले हाल चलचित्र भवनमा प्रदर्शनरत नेपाली...

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

कुश्मा नगरपालिकाको आगामी बजेट झण्डै ९० करोड

पर्वत । पर्वतको कुश्मा नगरपालिकाले आगामी आर्थिक वर्ष विसं २०८३/०८४...