back
CTIZAN AD

तस्वीर सहितको परिचयपत्र देखाएर मात्र मतदान गर्न पाइने

वि.सं.२०७६ मंसिर १३ शुक्रवार

681 

shares

१३ मङ्सिर, काठमाडौँ । प्रतिनिधिसभा, प्रदेसभा सदस्य र स्थानीय तहको शनिबार हुने उपनिर्वाचनमा मतदाताले कुनै करणवश मतदाता परिचयपत्र प्राप्त हुन नसकेमा, हराएमा वा नष्ट भएमा सरकारी निकायबाट फोटोसहित जारी भएको परिचयपत्रका आधारमा पनि मतदान गर्न सकिने व्यवस्था गरिएको छ ।

मतदाताले कुनै करणवश मतदाता परिचयपत्र प्राप्त हुन नसकेमा, हराएमा वा नष्ट भएमा नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र वा सरकारी निकायबाट तस्वीरसहित जारी भएको परिचयपत्रका आधारमा मतदान गर्न सकिने व्यवस्था गरिएको निर्वाचन आयोगले जनाएको छ ।

मतदाता नामावली तथा मतदाता परिचयपत्रमा भएको मतदाताको विवरणमा सामान्य त्रृटि पाइएमा सानोतिनो भुलचुक मानी सरकारी निकायबाट तस्वीरसहित जारी भएको परिचयपत्रका आधारमा मतदान गर्न दिने प्रबन्ध मिलाउन पनि मुख्य निर्वाचन अधिकृतलाई निर्देशन पठाइसकेको आयोगले जानकारी दिएको छ ।

प्रतिनिधिसभा सदस्य एक, प्रदेशसभा सदस्य तीन, उपमहानगर प्रमुख एक, गाउँपालिका अध्यक्ष तीन, उपाध्यक्ष एक र ४३ वडाध्यक्षका लागि मुलुकका ३७ जिल्लाका ५२ स्थानमा उपनिर्वाचन हँुदैछ । उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी र विश्वासनीय तुल्याउन आयोगले आम मतदाता, उम्मेदवार, राजनीतिक दलसहित सरोकारवाला सबै पक्षसँग सहयोगका लागि अपिल गरेको छ ।

वि.सं.२०७६ मंसिर १३ शुक्रवार १६:२४ मा प्रकाशित

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

टिपरको ठक्करबाट भारतीय नागरिकको मृत्यु

भक्तपुर । भक्तपुर नगरपालिका–५ स्थित आदर्शमा आज बा४ख ३१५६ नम्बरको...

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

नेप्से परिसूचक ३४ अङ्कले घट्यो

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३४ दशमलव ६३...

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

पूर्वतिर सर्दै हुरीबताससहित भारी वर्षा गराउने प्रणाली, उपत्यकामा वर्षा हुँदै

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हुरीबताससहित भारी वर्षा...

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

स्याफ्रुबेँसी-रसुवागढी सडक तीव्रगतिमा स्तरोन्नति गरिँदै

रसुवा । गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी राजमार्गअन्तर्गत स्याफ्रु रसुवागढी खण्डमा तीव्रगतिमा स्तरोन्नति भइरहेको...

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

सरकारले व्यवसायीलाई दुःख दिँदैनः सभापति लामिछाने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले...

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

भोलि र पर्सि बीमा अभिकर्ताको परीक्षा, अनलाइन माध्यमबाट सहभागी हुनुपर्ने

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको इजाजतपत्रका लागि...