१२ मङ्सिर, काठमाडौँ । जिल्ला काठमाडौँ, टोखा नगरपालिकामा रहेका आगमन फुडल्यान्ड एण्ड गेष्टहाउसकी संचालिका सोममाया राई माथि मुद्दा दायर गरिएको छ ।
आगमन फुडल्यान्ड एण्ड गेष्टहाउसकी संचालिका राईले उक्त गेष्टहाउस चेकजाँच गर्ने क्रममा डिउटीमा खटिएका प्रहरीलाई घुस दिन खोजेकोमा आवश्यक कारबाही गरीपाउँ भन्ने उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले ५० हजार घुस दिएको अवस्थामा नियन्त्रणमा लिएको हो ।
अनुसन्धानको क्रममा राईबाट उक्त रकम बरामद भएको खुल्न आएकोले निजलाई भ्रष्टाचार निवारण ऐन बमोजिम जफत हुन समेत मागदावी लिई आज विशेष अदालत, काठमाडौंमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
वि.सं.२०७६ मंसिर १३ शुक्रवार १६:४२ मा प्रकाशित






























