back
CTIZAN AD

नक्कली सरकारी कागजात बनाउने तीन पक्राउ

वि.सं.२०७६ मंसिर १३ शुक्रवार

801 

shares

१२ मङ्सिर, काठमाडौँ । नक्कली सरकारी कागजात बनाउने तीन जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले आज पक्राउ गरेको छ ।

प्रहरीले सुरक्षा निकायका सरकारी कागजात, शैक्षिक योग्यताको प्रमाणपत्र, सवारी चालक अनुमतिपत्रलगायत सामग्री गैह्रकानूनीरुपमा बनाएको आरोपमा ओखलढुङ्गा ३४ वर्षीय सविनकुमार तोलाङ्गी, चितवनका ३४ वर्षीय अमृत सुर्खेती र धादिङका २६ वर्षीय मधुसुदन दवाडीलाई पक्राउ गरेको हो ।

ब्यूरोले आज पत्रकार सम्मेलन गरी गैरकानूनीरूपमा नक्कली कागजात बनाई सर्वसाधारणबाट ठूलो रकम असुल गर्नेलाई पक्राउ गरेको जानकारी दिएको हो । ब्यूरोका प्रमुख, प्रहरी नायब महानिरीक्षक नीरजबहादुर शाहीले तोलाङ्गीले श्रेष्ठ फोटोे स्टुडियो गोँगबु, सुर्खेतीले स्टार डिजिटल फोटो स्टुडियो सिनामङ्गल र दवाडीले दुवाडी डिजिटल फोटो स्टुडियो महाराजगञ्जबाट सरकारी नक्कली कागजात बनाएको अनुसन्धानमा खुलेको जानकारी दिए ।

अपराध मुलुकी अपराध संहिता २०७४ को परिच्छेद २५ लिखतसम्बन्धी कसुरअन्तर्गत दफा २७६ विपरीत कसुर भएकाले २७६ ९३० को ग बमोजिम सात वर्ष कैद र ७० हजार जरिवना हुने कानूनी प्रावधान छ । (रासस)

वि.सं.२०७६ मंसिर १३ शुक्रवार १६:४९ मा प्रकाशित

अर्जुनचौपारीमा अत्यधिक भार बोक्ने सवारी साधन सञ्चालनमा रोक

अर्जुनचौपारीमा अत्यधिक भार बोक्ने सवारी साधन सञ्चालनमा रोक

स्याङ्जा । स्याङ्जाकाे अर्जुनचौपारी गाउँपालिका ले अत्यधिक भार बोकेर सञ्चालन...

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी 

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी 

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक...

वीर अस्पतालका निर्देशक डा. शर्माद्वारा राजीनामा

वीर अस्पतालका निर्देशक डा. शर्माद्वारा राजीनामा

काठमाडौं । वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले राजीनामा दिएका...

अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा उद्योगमन्त्रीसँग छलफल

अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा उद्योगमन्त्रीसँग छलफल

काठमाडौँ । मंगलवार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...