back
CTIZAN AD

अवैध रकमसहित दुइ हुण्डी कारोबारी पक्राउ

वि.सं.२०७६ मंसिर १३ शुक्रवार

705 

shares

१३ मंसिर, लहान । भारतबाट अवैध रुपमा नेपाली रुपैयाँ १३ लाख बोकेर आउँदै गरेका एक भारतीयसहित दुईजना हुन्डी कारोवारीलाई आज सिरहा प्रहरीले पक्राउ गरेको छ । भारतको मधुवनी जिल्ला लौकाहाबाट लुकाई छिपाई ल्याउँदै गरेको नेरु १३ लाखसहित प्रहरीले सिरहाको भगवानपुर गाउँपालिका–४ बाट स्थानीयवासी २६ वर्षीय रामशङ्कर यादव र भारत विहार मधुबनी जिल्ला लोकहा निवासी २८ वर्षीय अशोककुमार झालाई पक्राउ गरेको हो ।

भारतको लौकाहाबाट बिआर३२एच ०३३५ नंको मोटरसाइकलमा आउँदै गरेका दुवैलाई रोकेर चेकजाँच गर्ने क्रममा अवैध रकमसहित उहाँहरुलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए ।

पक्राउ परेको यादव र झा व्यावसायिक हुन्डी कारोवारी रहेको प्रहरीको दाबी छ । पक्राउ परेका दुवैमाथि थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक रिजालले बताए । रासस

वि.सं.२०७६ मंसिर १३ शुक्रवार १७:२८ मा प्रकाशित

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते

झापा । कचनकबल गाउँपालिका–३ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा...

किसानलाई अधिकतम दुई लाखसम्म अनुदान

किसानलाई अधिकतम दुई लाखसम्म अनुदान

इलाम । माइजोगमाई गाउँपालिकामा सञ्चालित ‘उपाध्यक्षसँग युवा उद्यमी’ कार्यक्रमबाट स्थानीयस्तरमै...