back
CTIZAN AD

ह्वात्तै बढ्यो चिसो, उपत्यकाको तापक्रम दैनिक दुई देखि तीन डिग्री घट्दो

वि.सं.२०७६ मंसिर १३ शुक्रवार

714 

shares

१३ मंसिर, काठमाण्डौं । केही दिनयता काठमाडौँ उपत्यकाको तापक्रम दिनहुँ घट्दो क्रममा रहेको छ । गत बुधबारदेखि उपत्यकाको तापक्रम दैनिक दुई देखि तीन डिग्री सेल्सियसले घटिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

तापक्रम घटेर चिसो बढ्नु कुनै नयाँ प्रणालीको प्रभाव नभइ मौसमी कारण भएको मौसमविद् प्रतिभा मान्नधरले बताए । ‘डिसेम्बरदेखि जनावरी २० सम्म निरन्तर तापक्रम घट्दै जाने छ’, उनले भने, ‘आज काठमाडौँ उपत्यकाको तापक्रम यो वर्षकै कम सात डिग्री सेल्सियसमा झरेको छ, बिहीबार उपत्यकाको तापक्रम आठ दशमलव सात डिग्री सेल्सियस थियो ।’

अझै उपत्यकाको तापक्रम घटेर शून्य डिग्रीसम्म पुग्ने मौसमविद्को अनुमान छ । केही दिनयता पश्चिमी वायुको प्रभावले काठमाडौँ उपत्यकाकासहित देशका धेरैजसो स्थानमा आंसिकदेखि सामान्य बदली भएको छ । शनिबारदेखि क्रमिक सुधार हुदैँ जाने बताइएको छ । हाल देशको पश्चिमी भू–भागलगायत मध्य तथा पूर्वी पहाडी भू–भागमा आंसिकदेखि सामान्य बदली रहेको छ ।

आज राति देशका पश्चिमी र मध्य पहाडी भू–भागमा आंसिकदेखि सामान्य बदली रही पश्चिमी पहाडी भू–भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शनिबार पहाडी भू–भागमा आंसिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

आइतबार पहाडी क्षेत्रमा आंसिक देखि सामान्य बदली रही अन्य स्थानमा मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्युनतम तापक्रम सात डिग्री र अधिकतम तापक्रम २३ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबै भन्दा कम जिरीको न्युनतम तापक्रम दुई दशमलव आठ डिग्री सेल्सियस रहेको छ ।

वि.सं.२०७६ मंसिर १३ शुक्रवार १७:३८ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...