back
CTIZAN AD

उपनिर्वाचन : मतगणना जारी, हेर्नुहोस् यस्तो छ अहिलेसम्म प्राप्त मत परिणाम

वि.सं.२०७६ मंसिर १५ आइतवार

843 

shares

१५ मंसिर, काठमाण्डौं । प्रतिनिधिशभा, प्रदेशसभा र स्थानीय निकायका विभिन्न कारणले रिक्त रहेको पदपूर्तिका लागि शनिबार भएको उपनिर्वाचनको मत परिणाम आउने क्रम जारी छ ।

५२ पदका लागि ३३७ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएको उक्त निर्वाचनको मतगणना जारी रहेको छ । जसका अधिकांश स्थानिय निकायमा नेपाल कम्युनिष्ट पार्टीका उम्मेदवार विजयी भएको समाचार प्राप्त भएका छन् ।

त्यसैगरी बाग्लुङको वडी गाउँपालिका २ मा नेकपाका ढाल प्रसाद शेरचन ७०४ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिद्धन्द्धी नेपाली कांग्रेसका दिल बहादुर रानाले ४१२ मत प्राप्त गरेका छन् ।

भोजपुरको पौवादुङ गाउँपालिका १ मा नेकपाका जितेन्द्र राई ६९१ मत ल्याएर विजयी भएका छन् भने उनका प्रतिश्प्रधी कांग्रेसका सम्बर बहादुर कार्कीले २५४ मत प्राप्त गरेका छन् ।

लम्जुङको सुन्दर बजार गाउँपालिका २ मा नेकपाका नविन कुमार श्रेष्ठ विजयी भएका छन् । श्रेष्ठले ९९३ मत प्राप्त गर्दा उनका प्रतिश्प्रधी नेपाली कांग्रेसका प्रकाश सेढाइले ४८२ मत प्राप्त गरेका छन् ।

सप्तरीको छिन्नामस्ता गाउँपालिका ७ मा राजपाकी प्रमिलादेवी यादव विजयी भएकी छन् । उनले ५४० मत प्राप्त गरेर विजयी बन्दा उनका प्रतिश्पध्री नेकपाका अक्षयलाल यादवले ५२१ मत प्राप्त गरेको समाचार छ ।

गुल्मीको रुरु गाउँपालिका ६ मा नेकपाका गिरी प्रसाद सिंजाली विजयी भएका छन् । उनले ८०२ मत प्राप्त गरी विजयी हुँदा कांग्रेसका बेदप्रसाद दर्लामीले ७२७ मत प्राप्त गरेका थिए ।

सर्लाहीको हरिपुर्वा नगरपालिका १ मा समाजवादी पार्टीका श्यामबावु रायले ३४७ मत प्राप्त गरी विजयी हुँदा राजपाका राम विश्वासको ३२८ मत आएको थियो ।

काभ्रेको धुलिखेल नगरपालिका २ मा नेकपाका वेदप्रसाद कोइराला विजयी भएका छन् । कोइरालाले ८६७ मत प्राप्त गर्दा कांग्रेसका दपर्ण बहादुर खत्रीको ५८२ मत आएको थियो ।

रोल्पाको थवाङ १ मा नेकपाका जनक बहादुर बुढा मगर विजयी भएका छन् उनका प्रतिश्प्रधी कांग्रेसका कमल बहादुर रोका मगर १२१ मतले पराजित भएको समाचार प्राप्त भएको छ ।

सल्यानको कुमाख गाउँपालिकामा नेकपाका धर्मे बुढाथोकी बिजयी भएका छन् । बुढाथोकीले ७९२ मत प्राप्त गर्दा उनका प्रतिश्पर्धी कांग्रेसका खटक बहादुर बस्नेतले २५१ मत प्राप्त गरेका छन् ।

कन्चनपुरको पुर्नवास नगरपालिका ३ मा नेकपाका कृष्ण तामाङ विजयी भएका छन् । तामाङले ५२८ मत ल्याएर विजयी बन्दा कांग्रेसका डीबी तामाङले ३१० मत प्राप्त गरेका थिए । साथै आज बेलुका सम्म सबै क्षेत्रको मत परिणाम आउने निर्वाचनच आयोगले जनाएको छ ।

अयाोगका अनुसार ५२ पदका लागि भएको शनिबारको उपनिर्वाचनमा ६४.४३ प्रतिशत मत खसेको थियो ।

वि.सं.२०७६ मंसिर १५ आइतवार ०८:०९ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...