back
CTIZAN AD

निर्वाचन २०७६ : मोरङमा काँग्रेस विजयी , कास्कीमा नेकपाको अग्रता कायमै

वि.सं.२०७६ मंसिर १५ आइतवार

762 

shares

१५ मसिंर, काठमाडौँ । मोरङको धनपालथान गाउँपालिका–२ मा वडाध्यक्षको निर्वाचनमा नेपाली काँग्रेस विजयी भएको छ ।

नेपाली काँग्रेसका तर्फबाट उम्मेदवारी दिएका नारायणप्रसाद साहले एक हजार ७०१ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का पङ्कज मण्डलले एक हजार ४९७ मत प्राप्त गर्नुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

कास्की : कास्की क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्य पदको मतगणनामा नेकपाकी विद्या भट्टराईले तीन हजार ७०४ मतको अग्रता लिएका छन् ।

उनले पछिल्लो मतगणनाअनुसार छ हजार ७९९ मत पाउनुभएको छ भने नेपाली काँग्रेसका खेमराज पौडेलले तीन हजार ७०४ मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

त्यस्तै, समाजवादी पार्टीका धर्मराज गुरुङले १०९ र राप्रपाका रोम भण्डारीले १३७ मत प्राप्त गरेको छ ।

पोखरा महानगरपालिका वडा नं ३३ र २१ को मतगणना सम्पन्न भएको छ । अहिलेसम्म १२४ मत बदर भएका छन् ।

वि.सं.२०७६ मंसिर १५ आइतवार १०:२८ मा प्रकाशित

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

इजाजत नभएका बन्दुक बरामद

इजाजत नभएका बन्दुक बरामद

म्याग्दी । म्याग्दीको धवलागिरी गाउँपालिका–४ बगरको जङ्गलबाट इजाजत नभएका छ...

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

धादिङमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१...

करेन्ट लागेर, भीरबाट लडेर दुई जनाको मृत्यु

करेन्ट लागेर, भीरबाट लडेर दुई जनाको मृत्यु

खोटाङ । करेन्ट लागेर र भीरबाट लडेर खोटाङमा एकै दिन...

 विश्वकप क्रिकेटका लागि नेपालको सशक्त दाबेदारी

 विश्वकप क्रिकेटका लागि नेपालको सशक्त दाबेदारी

काठमाडौँ । नेपाली पुरुष राष्ट्रिय क्रिकेट टिमले ‘टि ट्वाण्टी’ विश्वकपमा...

लागुऔषधसहित दुई जना पक्राउ

लागुऔषधसहित दुई जना पक्राउ

काठमाडौँ । नियमित गस्तीमा रहेको प्रहरी टोलीले बाँके र तनहुँबाट...