back
CTIZAN AD

सहकारीले मागे ३८ कर्मचारी, योग्यले दिनुहोस् आवेदन

वि.सं.२०७६ मंसिर १५ आइतवार

756 

shares

१५ मङ्सिर, काठमाडौँ । माँ भगवती बहुउद्देश्यीय सहकारी संस्था लिमीटेडले दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीहरुको माग गरेको छ ।

ललितपुर स्थित उक्त संस्थाले क्यासियरमा २, रिसेप्सनिष्टमा २, बजार प्रतिनिधीमा १० जना कर्मचारीहरुको आवश्यकता रहेको जनाएको छ ।
उक्त संस्थाका अनुसार ईच्छुक व्यक्तिले आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्र सहित उक्त कार्यालयमा पेश गर्नुपर्ने छ ।

थप जानकारीका लागि फोनः नं. ०१–५५२०२४६, ५५२०२४७ मा सम्पर्क गर्न सकिने जनाएको छ ।

यसैबिच आरम्भ बचत तथा ऋण सहकारी संस्था लिमिटेडले पनि बजार प्रतिनिधीमा १०, कर्जा अधिकृतमा १ र बजार अधिकृतमा १ जना कर्मचारीहरुको आवश्यता रहेको जनाएको छ ।

उक्त संस्थाका अनुसार ईच्छुक व्यक्तिले आफ्नो योग्यताका प्रमाणपत्र, सिभी सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र कार्यालयमा पेश गर्नुपर्नेे छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ०१–५१७२१८९ मा सम्पर्क गर्नुपर्ने संस्थाले जनाएकोे छ ।

त्यसैगरि स्काई ओभरसिज सर्भिस प्राइभेट लिमीटेडले पनि एकाउन्टेन्टमा २ जना महिला कर्मचारी स्नातक तह उत्तिर्ण भएको र ट्याली र एकान्उन्ट सम्बन्धी अनुभव भएको हुनुपर्ने सूचना दिएको छ ।

थप जानकारीका लागि फोनः नं. ०१–४३७७६६६, ४३७०६६३ मा सम्पर्क गर्नुपर्ने जनाएको छ ।

त्यसैगरि हिमचुली बहुउद्देश्यीय सहकारी संस्था लिमीटेडले पनि बजार प्रतिनिधिमा १० महिला, पुरुषको आवश्यता रहेको जनाएको छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ०१–५१५१०८५, ५१५११२१ मा सम्पर्क गर्नुपर्ने संस्थाले जनाएको छ ।

वि.सं.२०७६ मंसिर १५ आइतवार १०:३७ मा प्रकाशित

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...