back
CTIZAN AD

बालबालिका आक्रमण गर्ने पोथी चितुवा नियन्त्रणमा

वि.सं.२०७६ मंसिर १५ आइतवार

636 

shares

१५ मङ्सिर, तनहुँ । चितुवा नियन्त्रणका लागि तनहुँको भानु नगरपालिकाका विभिन्न सामुदायिक वनमा काठका खोर राखिएपछि आज बिहान एउटा चितुवा खोरमा परेर नियन्त्रणमा आएको छ । दिनप्रतिदिन चितुवाको आक्रमणबाट बालबालिकाको मृत्यु हुन थालेपछि चितुवा नियन्त्रणका लागि वडा नं ३ रिढीपानीस्थित कालिका सामुदायिक वनमा राखिएको खोरमा परेर चितुवा नियन्त्रणमा आएको हो ।

अन्दाजी १० वर्ष र ५० केजी तौल भएको पोथी चितुवा खोरमा परेर नियन्त्रणमा आएको डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले जानकारी दिए । उनका अनुसार नियन्त्रणमा आएको चितुवालाई सुरक्षित रुपमा चितवन स्थानान्तरण गरिनेछ ।

चितुवा नियन्त्रणका लागि नगरपालिकाका विभिन्न सामुदायिक वनमा काठका खोर निर्माणपछि खोरमा परेर पाँच चितुवा नियन्त्रणमा आएका छन् । दुई भाले र दुई पोथी गरी चार चितुवा नियन्त्रणमा आइसकेका छन् । खोरमा परेका चितुवामध्ये एउटालाई रुपन्देहीको शङ्करनगरस्थित प्राणी उद्यान, दुईलाई चितवन राष्ट्रिय निकुञ्ज र एउटालाई बुटवलस्थित मणिमुकुन्दसेनको मिनी चिडियाखानामा स्थानान्तरण गरिएको थियो ।

चितुवा नियन्त्रणका लागि बनाइएका काठका खोर प्रभावकारी बन्दै गएका डिभिजन वनप्रमुख बरालले जानकारी दिनुभयो । सो नगरपालिकामा बालबालिकामाथि आक्रमण गर्ने पोथी चितुवा हुन सक्ने अनुमान छ । भालेभन्दा पोथी चितुवा नरभक्षी हुने वनका प्राविधिकको भनाइ छ । नगरपालिकाका वडा नं १, २, ३ र ४ का विभिन्न सामुदायिक वनमा चितुवा नियन्त्रणका लागि काठका खोर निर्माण गरेर राखिएको छ ।

वि.सं.२०७६ मंसिर १५ आइतवार १०:५२ मा प्रकाशित

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

पोख्रेलीलाई झस्काइ रहने वैशाख २३ को सेतीनदी

गण्डकी । स्थानीय सेती नदीमा १४ वर्षअघि अर्थात् २०६९ वैशाख...

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

चिनियाँ सद्भावः व्यापारिक भवनमा निःशुल्क स्थान

मुस्ताङ । चीनको स्वशासित क्षेत्र तिब्बतको ढोङ्पा काउण्टीले उपल्लो मुस्ताङका...

अर्जुनचौपारीमा अत्यधिक भार बोक्ने सवारी साधन सञ्चालनमा रोक

अर्जुनचौपारीमा अत्यधिक भार बोक्ने सवारी साधन सञ्चालनमा रोक

स्याङ्जा । स्याङ्जाकाे अर्जुनचौपारी गाउँपालिका ले अत्यधिक भार बोकेर सञ्चालन...

पाहुनालाई कोसेली कोदोको बिस्कुट

पाहुनालाई कोसेली कोदोको बिस्कुट

मङ्गलबारे । इलामको माईजोगमाई गाउँपालिकाले रैथाने बाली संरक्षण गर्न कोदोको...

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दीको वाखेतमा मार्ग खुलेको १६ वर्षपछि सडक स्तरोन्नति

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–१० पात्लेखेतको वाखेतमा पक्की सडक निर्माण...

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

नयाँ प्रशासनिक भवनबाट सेवा सुरु

गुल्मी । यहाँको छत्रकोट गाउँपालिकाले आजदेखि नयाँ प्रशासनिक भवनबाट सेवा...