back
CTIZAN AD

कारवाहीमा दुई दर्जन बढी लडाकू मारिए

वि.सं.२०७६ मंसिर १५ आइतवार

675 

shares

१५ मसिंर, काबुल ।  विगत २४ घण्टाको अवधिमा अफगान सरकारी फौजको कारवाहीमा विद्रोही तालिबान समूहका २४ जना लडाकाको मृत्यु भएको अफगान सेनाले जनाएको छ । यस कारवाहीमा अर्को विद्रोही समूह इस्लामिक स्टेटका ३१ जना लडाकूले आत्मसमर्पण गरेका छन् ।

सेनाले जारी गरेको विज्ञप्तिमा पूर्वी लोगाड प्रान्तको बाराकी बाराक जिल्लामा गरिएको सैन्य कारवाहीका क्रममा आठ जना तालिबान लडाकू मारिएको उल्लेख छ । शुक्रबार अबेर राति गरिएको यस सैन्य कारवाहीका क्रममा अरु थुप्रै तालिबान लडाकू घाइते भएको सेनाले दाबी गरेको छ ।

यसैगरी, कुन्दुज प्रान्तका तालोका क्षेत्रमा गरिएको अर्को सैन्य कारवाहीमा आठ जना तालिबान लडाकू मारिनुका साथै सात जना घाइते भएका छन् । यसैबीच, तालिबान विद्रोही समूहले इस्लामिक स्टेट समूहका तीन जना लडाकूलाई जार्म जिल्लाको खोस्टाक उपत्यकामा हत्या गरेका छन् ।

दक्षिणी हेल्मान्ड प्रान्तमा सीमा प्रहरी बललाई लक्षित गरी तालिबानले गरेको आक्रमणमा एक जना वरिष्ठ प्रहरीको मृत्यु हुनुका साथै अरु तीन प्रहरी घाइते भएको प्रान्तीय सरकारका प्रवक्ता एस्तामुल्लाह मुराडीले बताए ।

सरकारी भनाइको प्रतिवाद गर्दै तालिबानका प्रवक्ता जबिहुल्लाह मजाहिदले विगत २४ घण्टाको अवधिमा मुलुकभर दर्जनौं सुरक्षाकर्मी मारिएको दाबी गरे । उता, पूर्वी नान्गरहर प्रान्तको अचिन जिल्लामा सुरक्षा फौज समक्ष ३१ जना इस्लामिक स्टेटका लडाकूहरुले आत्मसमर्पण गरेको प्रान्तीय सरकारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

अफगानिस्तानमा युद्धरत विभिन्न पक्षले सशस्त्र भिडन्तका क्रममा मृत्यु भएका व्यक्तिका सम्बन्धमा बढाइ चढाइ गर्ने गरेको स्वतन्त्र अनुगमनकर्ताहरुको भनाइ छ ।

वि.सं.२०७६ मंसिर १५ आइतवार ११:०० मा प्रकाशित

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

केन्यामा बाढीका कारण कम्तीमा १० जनाको मृत्यु

नैरोबी । केन्यामा लगातार परेको भारी वर्षाका कारण आएको आकस्मिक...

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

रूस र युक्रेनबीचको आक्रमणमा चार जनाको मृत्यु

मस्को । बेलगोरोडको रूसी सीमा क्षेत्रमा मङ्गलबार भएको युक्रेनी ड्रोन...

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४घाइते

जकार्ता । इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक...

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

इरान-अमेरिका तनावबीच मस्को दौडधुप

मस्को । इरान र अमेरिकाबीचको तनावपूर्ण अवस्थालाई नियन्त्रणमा ल्याउने कूटनीतिक...