back
CTIZAN AD

स्थानीयवासी जाडो छल्न निस्कँदा खुम्बु सुनसान बन्दै

वि.सं.२०७३ मंसिर १९ आइतवार

1K 

shares

१९ मङ्सिर, सोलुखुम्बु । सोलुखुम्बुको उच्च हिमाली क्षेत्रका स्थानीय बासिन्दा जाडो छल्नका लागि काठमाडौँ, भारतको बोधगयालगायत नेपालका विभिन्न क्षेत्रमा जान थालेका छन् । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो हुने र अब करिब चैत मध्यसम्म थुप्रै हिउँ पर्ने भएकाले जाडो छल्नका लागि बाहिर जाने गरेका छन् ।

पर्यटन मौसम सकिन थालेसँगै जिल्लाको खुम्बु क्षेत्रमा पर्ने गोरक्सेप, लबुचे, गोक्यो, छुकुङ, जोङ्ला, ठाङ्नाक एवम् थामेलगायतका बासिन्दा जाडो छल्न बाहिर जान थालेका छन् । त्यहाँका बासिन्दा जाडो छल्नका लागि धेरैजसो काठमाडौँ गएका छन् । तेञ्जिङ हिलारी विमानस्थल लुक्लाबाट सिधै काठमाडौँसम्म हवाई जहाजको सुविधा भएकाले यस क्षेत्रका अधिकांश स्थानीय बासिन्दाको पहिलो रोजाइ काठमाडौँ भएको छ ।

ठमोकी मिङ्मा छम्जी शेर्पाले भन्नुभयो – “अब त चिसो निकै बढ्यो अब केही दिनमा नै गौतम बुद्धले ज्ञान हासिल गरेको ठाउँ भारतको बोधगयासम्म जान्छौँ, गतसाल काठमाडौँ गएका थियौँ, यस वर्ष स–परिवार बोध गया जाने योजना छ ।” यसबेला पर्यटकीय मौसम लगभग अन्तिम चरणमा पुगेकाले स्थानीय बासिन्दा फागुन, चैत महिनाका लागि दाउराको जोहो गरिरहेका छन् । सगरमाथा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका सीमित जङ्गलबाट यहाँका स्थानीयवासीलाई दाउरा ल्याउन दिइन्छ । केही दिन दाउरा सङ्कलन गरिसकेपछि जाडो छल्न जाने उनीहरु बताउँछन् ।

झनै नाम्चे–८ थामेका स्थानीय बासिन्दा त प्रायः सबैजसो काठमाडौँ जाने गरेका छन् । नाम्चे गाविसको उच्च स्थानमा रहेको हिमाली बस्ती भएकाले पनि थामेका अधिकांश स्थानीयवासी जाडो छल्न काठमाडौँ जाने गरेको यति माउन्टेन होम थामेका कुक अर्जुन मगरले बताउनुभयो ।

विदेशी रहनसहन र चालचलनले प्रभाव पारेको खुम्बु क्षेत्रका स्थानीयवासी पछिल्लो समयमा नेपाललगायत विश्वका केही देशमा घुम्नका लागि पनि जाने गरेका छन् । जोर सल्लेकी दावाजाङ्मु शेर्पा भन्नुहुन्छ – “यस क्षेत्रका स्थानीयवासी जाडो छल्नका लागि नेपालका विभिन्न तीर्थधामसमेत जाने गरेका छन् ।”

खुम्बु क्षेत्रमा पर्यटन मौसम सकिन अब केही दिनमात्र बाँकी रहेको स्थानीयवासीको भनाइ छ । क्रिसमस डेको समाप्तिसँगै पर्यटन मौसम पनि सकिने यहाँका स्थानीयवासी बताउँछन् । डिसेम्बर १५ तारिखभित्र खुम्जुङ ठाङ्नाकका सबै स्थानीयवासी एवम् होटल व्यवसायी जाडो छल्न हिँडिसक्ने खुम्बिला लज एन्ड रेस्टुरेन्टका सञ्चालक लाक्पा शेर्पाले बताउनुभयो ।

भौगोलिक विकटता एवम् उच्च हिमाली क्षेत्र भएकाले पनि यस भेगका बासिन्दालाई बाह्रै महिना समस्या नै समस्यामा बाँच्नु परेको छ । झनै जाडो महिनामा त यस भेगमा एकछिन पनि बस्न नसकिने स्थानीयवासीको भनाइ छ । मुस्किलले वर्षमा छ महिनामात्र यस भेगमा बसोबास गर्ने गरेको स्थानीय बासिन्दा बताउँछन् । उच्च हिमाली क्षेत्र भएकाले पर्यटन मौसममा मात्र बस्ने गरेको होटल व्यवसायीको भनाइ छ । रासस

वि.सं.२०७३ मंसिर १९ आइतवार ०३:४० मा प्रकाशित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

वैदेशिक रोजगारीबाट फर्केका युवा सुकुटी व्यवसायमा आकर्षित

मोरङ । कुनै समय रोजगारीका लागि कतार र मलेसियामा पसिना...

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्समा बढ्दो गर्मीसँगै पर्यटकबीच टोपीको माग बढी

एथेन्स । ग्रीसको राजधानी एथेन्समा गर्मी बढेसँगै पुरातात्त्विक स्थल भ्रमण...

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्न कांग्रेसको ‘ह्विप’

काठमाडौँ । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण...

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाइने

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन...

कलमा लामो समयसम्म कुराकानी गर्दा श्रवण क्षमता कमजोर हुन्छ

कलमा लामो समयसम्म कुराकानी गर्दा श्रवण क्षमता कमजोर हुन्छ

बाँके । लामो समयसम्म मोबाइलमा गरिने कुराकानीले ध्वनि प्रदूषण हुँदा...

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

पर्यटन प्रवद्र्धनका लागि नाट्टा र टिवानबीच सहकार्य गरिने

काठमाडौँ । नेपालको पर्यटन प्रवद्र्धनका लागि नेपाल एसोसिएसन अफ टुर...