back
CTIZAN AD

रोजगारीको अवसर, योग्यले दिनुहोस् आवेदन

वि.सं.२०७६ मंसिर १६ सोमवार

792 

shares

१६ मङ्सिर, काठमाडौँ । कान्तिपुर म्यानेजमेन्ट प्राइभेट लिमिटेडले दक्ष, सक्षम तथा अनुभव भएका केहि कर्मचारीहरुको माग गरेको छ ।

थापाथली स्थित उक्त कम्पनीले इन्फ्रस्ट्रक्चर एक्स्पर्टमा १, रुरल फाइनान्स एक्सपर्टमा १, इन्सीट्युसनल डेभलपमेन्ट एक्पर्टमा १, जेन्डर एन्ड सोसियल इन्क्लुजन एक्सपर्टमा १, न्युट्रिएसन एक्सपर्टमा १, जेन्डर सोसियल इन्क्लुजन एन्ड न्युट्रिएसन अफिसरमा ३, रुरल फाइनान्स अफिसरमा ३ र ओभरसियरमा ३ जना कर्मचारीहरुको आवश्यकता रहेको जनाएको छ ।

उक्त कम्पनीका अनुसार ईच्छुक व्यक्तिले आफ्नो शैक्षिक योग्यताका प्रमाणपत्र, एक्सपिरीयन्स लेटर र नागरिकताको फोटोकपी सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र उक्त कार्यालयमा पेश गर्नुपर्ने छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ४२५१५९९ वा ईमेलः asdp@kantipurjob.com मा सम्पर्क गर्नुपर्ने जनाएको छ ।

यसैबिच ललितपुर महालक्ष्मीस्थित एक प्रतिष्ठित सहकारी संस्था लिमीटेडले पनि लेखापालमा १, क्यासियरमा २, रिसेप्सनिष्टमा २, बजार प्रतिनिधिमा १५ र कार्यालय सहयोगीमा १ जना कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।

उक्त संस्थाका अनुसार ईच्छुक व्यक्तिले सूचना प्रकाशित मितिले ३ दिनभित्र कार्यालयमा सम्पर्क राख्नुपर्ने छ ।

विस्तृत जानकारीका लागि फोनः नं. ०१–५५५०६२३, ५५५०६३८ मा सम्पर्क गर्नुपर्ने जनाएको छ ।

वि.सं.२०७६ मंसिर १६ सोमवार १०:२६ मा प्रकाशित

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

जनज्योति माविमा नयाँ नेतृत्व: अध्यक्ष प्रितम भुजेलद्वारा पदभार ग्रहण, गुणस्तरीय शिक्षामा जोड

नवलपुर । देवचुली नगरपालिका–१५, प्रगतिनगरस्थित प्रतिष्ठित जनज्योति माध्यमिक विद्यालय मा...

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

चलचित्र ‘गूरु आमा’को ‘सम्झना साँचौला’ सार्वजनिक

काठमाडौँ । भिन्नै कथावस्तुमा आधारित नेपालीकथानक चलचित्र ‘गूरु आमा’को गीत...