back
CTIZAN AD

धरानको प्रमुखमा तिलक राई विजयी

वि.सं.२०७६ मंसिर १६ सोमवार

1.1K 

shares

१६ मङ्सिर, सुनसरी । धरान उपमहानगरपालिकाको प्रमुख पदमा नेपाली काँग्रेसका तिलक राई विजयी भएका छन् । तिलक राईले २६ हजार ७०९ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका प्रकाश राईले २३ हजार ९१४ मत ल्याए । निर्वाचन आयोगले नतिजाको औपचारिक घोषणा गर्न भने बाँकी छ ।

विसं २०७४ को निर्वाचनमा एमालेका उम्मेदवार स्व तारा सुब्बासँग चार हजार मतान्तरले हारेका राईले यस उपनिर्वाचनमा दुई हजार ७९५ मतान्तरमा विजयी भएका हुन् । विसं २०४७ पछिका हरेक निर्वाचनमा बामपन्थीहरुले जित्दै आएको धरानमा तिलक राईले इतिहास बनाएको काँग्रेसका नगर नेता प्रेम पराजुलीले बताए ।

जीतपछि राईले धरानलाई भ्रष्टाचारमुक्त शहर बनाउने र सबै जनताको सल्लाह–सुझावमा नगरको कामकारवाही अघि बढाउने बताए ।

गत मङ्सिर १० गतेको चुनावीसभामा प्रमुख भएपछि कुनै सेवासुविधा नलिने घोषणा गरेर उनले धरानका जनताको सहानुभूतिसमेत पाएका थिए । राई २०४८ सालदेखि काँग्रेसमा आबद्ध थिए । पार्टीको नगरसचिव हँुदै १३औँ महाअधिवेशनपछि उनी धरान नगर सभापतिसमेत बनेका थिए ।

वि.सं.२०७६ मंसिर १६ सोमवार १२:२९ मा प्रकाशित

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

बाँदरलाई ‘बन्ध्याकरण’ गर्ने

भोजपुर  । भोजपुरको पौवादुङमा गाउँपालिकाले बाँदर आतङ्क नियन्त्रण गर्न बाँदरलाई...

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

पाथीभरा केवलकार विवाद समाधान खोज्न कार्यदल गठन

काठमाडौँ । सरकारले ताप्लेजुङको ऐतिहासिक एवं धार्मिक क्षेत्र मुक्कुम्लुङ पाथीभरामा...

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

सातै प्रदेशले आज सार्वजनिक गर्दै नयाँ बजेट, प्रदेश सभामा आयव्यय विवरण प्रस्तुत हुने

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सातवटै प्रदेश...

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

भारतीय पक्षले एकतर्फी बाँध अग्लो बनाउँदा गौर क्षेत्र डुबानको जोखिममा

चन्द्रपुर (रौतहट) । रौतहटको गौर र भारतको बैरगनिया सीमामा भारतीय...

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

हात्तीले कुल्चेर एक महिलाको मृत्यु

सुरुङ्गा (झापा) । मेचीनगरमा हात्तीको आक्रमणमा परी एक जना महिलाको...