back
CTIZAN AD

नविल बैंकले ल्यायो ‘ ग्राहक सेवा केन्द्र’ सञ्चालनमा

वि.सं.२०७६ मंसिर १६ सोमवार

1.9K 

shares

१६ मसिंर, काठमाडौँ । नबिल बैंकले ‘नबिल ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ ।

यो सेवा सञ्चालनसँगै केन्द्रले आफ्ना ग्राहकहरुलाई चौबिसै घण्टा, वर्षैभरी हरेक दिन सेवा प्रदान गर्नेछ । केन्द्रले ग्राहकहरुका लागि एकल विन्दुको रुपमा काम गर्ने छ ।

यो सेवाले देश तथा बिदेशमा रहेका ग्राहकलाई सूचना आदान–प्रदान गर्ने कार्य गर्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने,“बैंकको यस ग्राहक सेवा केन्द्रले हाम्रा ग्राहकलाई अझै उत्कृष्ट सेवा प्रदान गर्न मद्दत गर्नेछ । ग्राहक सेवा केन्द्रले नबिल बैंकले मुख्य रुपमा जोड दिदै आएको ग्राहक सेवा केन्द्रलाई थप सुधार गर्ने र अझ परिस्कृत बनाउनका लागि बल प्रदान गर्नेछौँ” विज्ञप्तीमा भनिएको छ ।

नबिल बैंक निजि क्षेत्रको अग्रणी बैंक हो । यसका देश भरी ९२ शाखाहरु, १४२ एटिएम काउण्टरहरु रहेका छन् ।  बैंकले नेपाली बैंकिङ क्षेत्रमा नबिनतम सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेल्नुकासाथै यसले नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दैआएको बताइएको छ ।

यसले ग्राहकको सन्तुष्टिसहित आधुनिक बैंकिङ युगको शुरुवात गर्नुका साथै आफ्नो व्यवसायलाई ग्राहकहरुको उच्च सन्तुष्टि प्रदान गर्नेतर्फ केन्द्रित गरेको छ ।

बैंकको ग्राहक सेवा केन्द्रमा अत्याधुनिक प्रविधि राखेर ग्राहकहरुलाई उच्च गुणस्तरीय सेवा प्रदान गर्ने बैंकले जनाएको छ ।

वि.सं.२०७६ मंसिर १६ सोमवार १२:२६ मा प्रकाशित

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

नेपाल बैंकको अत्याधुनिक नवर्मित भवन अर्थमन्त्री वाग्लेद्वारा उद्घाटन

काठमाडौँ । आइतबार अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बागमती प्रदेशको राजधानी हेटौंडा...

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

बुधबारको बजारमा विदेशी मुद्राको विनिमय दर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ...

ठगीको अभियोगमा तीन जना पक्राउ

ठगीको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाउने...

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

आजको बजारमा विदेशी मुद्राको भाउ, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर...

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

आइएमईको सांगितिक एम्वेष्डरमा प्रकाश सपुत नियूक्त

काठमाडौँ । आइएमई लिमिटेडको सांगीतिक दूतमा चर्चित गायक तथा अभिनेता...

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

गरिमा विकास बैंक ‘कर्पोरेट बिजनेस अवार्ड २०२६’बाट सम्मानित

काठमाडौँ । गरिमा विकास बैंक लिमिटेड कर्पोरेट बिजनेस अवार्ड एण्ड...