back
CTIZAN AD

आजको सेयर बजार सामान्य अङ्कले वृद्धि, कसले कति कमाए त ?

वि.सं.२०७६ मंसिर १७ मंगलवार

789 

shares

१७ मङ्सिर, काठमाडौँ । धितोपत्र बजारमा आज सामान्य सुधार आएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार सोमबार सामान्य गिरावट भएको शेयर कारोबार मापक नेप्से परिसूचक ३.७५ अङ्कले वृद्धि भई एक हजार ११५.७४ पुगेको छ ।

यस्तै सेन्सेटिभ परिसूचक ०.६३ अङ्कले बढेर २४६.३४ पुगेको छ । परिसूचक बढेसँगै कारोबार रकममा पनि सुधार आएको छ । स्टकका अनुसार आज कुल १७२ कम्पनीका १० लाख १० हजार ९९१ कित्ता शेयर रु २६ करोड ६८ लाख एक हजार ५५८ मा खरिदबिक्री भयो ।

कारोबार भएका १२ उपसमूहमध्ये चार उपसमूहको शेयर घटेको छ । बैङ्किङ २.२९, होटल ६.९४, हाइड्रोपावर ६।०५, निर्जीवन बीमा १९.६४, उत्पादन २२.८९, माइक्रो फाइनान्स १४.६४, जीवन बीमा ६३.७९ र सामूहिक लगानी कोषको शेयर ०.०८ प्रतिशतले बढेको छ । यस्तै व्यापार १७.९५, विकास बैङ्क ०.३१, फाइनान्स १.२६ र अन्य उपसमूहको शेयर २.७५ ले घटेको छ ।

स्टकका अनुसार कारोबार रकमका आधारमा सिद्धार्थ बैङ्कको संस्थापक शेयर शीर्ष स्थानमा रह्यो । सो बैङ्कको शेयर रु दुई करोड ६० लाख ९५ हजार ५५० मा खरिदबिक्री भयो । यस्तै एनएमबी बैङ्कको रु एक करोड ९० लाख ६९ हजार ७२, नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको रु एक करोड ३९ लाख ७२ हजार ९२६, एनआइसी एसिया बैङ्कको रु एक करोड २७ लाख २० हजार ७९१ र जनउत्थान सामुदायिक लघुवित्त विकास बैङ्कको शेयर रु एक करोड १२ लाख सात हजार ८२६ मा खरिद बिक्री भयो ।

परिसूचक बढेपनि साल्ट ट्रेडिङ कर्पोरेशनका लगानीकर्ताले सबैभन्दा बढी ५.४१ प्रतिशतले गुमाए । यस्तै गुराँस लघुवित्त वित्तीयस संस्था २.४६, वेष्ट फाइनान्स कम्पनी २.२९, मुक्तिनाथ विकास बैङ्क २.२४, प्रोग्रेसिभ फाइनान्स २.०४ तथा सिटी एक्सप्रेस फाइनान्स र ग्रीन डेभलपमेन्ट बैङ्कका शेयरधनीले २÷२ प्रतिशतले गुमाए ।

घोडीघोडा लघुवित्त वित्तीय संस्थाका शेयरधनीले सबैभन्दा बढी १० प्रतिशतले कमाए । यस्तै दिव्यश्वरी हाइड्रोपावर ८.१४, हिमालयन डिस्टिलरी ५.७०, मिथिला लघुवित्त वित्तीय संस्था ५.६६, जनउत्थान सामुदायिक लघुवित्त विकास बैङ्क ५.२५, सिनर्जी पावर डेभलपमेन्ट ४.४१ र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाका लगानीकर्ताले ४.३३ प्रतिशतले गुमाए । (रासस)

वि.सं.२०७६ मंसिर १७ मंगलवार १६:२४ मा प्रकाशित

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

‘हाइड्रो हब’ बन्दै अन्नपूर्णः आर्थिक समृद्दिसँगै वातावरणीय चुनौती पनि

सन्तोष गौतम, म्याग्दी । अन्नपूर्ण गाउँपालिका पछिल्लो एक दशकमा नेपालको...