back
CTIZAN AD

तेह्रौँ साग : नेपाल श्रीलंकासँग ६ विकेटले पराजित

वि.सं.२०७६ मंसिर १७ मंगलवार

756 

shares

१७ मङ्सिर, काठमाडौँ । तेह्रौँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) अन्तर्गत पुरुष टि ट्वान्टी क्रिकेटमा नेपाल पहिलो खेलमा श्रीलङ्काको यु २३ सँग छ विकेटले पराजित भएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको खेल मैदानमा टस हारेपछि ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा पाँच विकेटको क्षतिमा एक सय ७२ रन बनायो । एक सय ७३ रनको विजयी लक्ष्य पछ्याएको श्रीलङ्काले १९ दशमलव एक ओभरमा चार विकेट गुमाउँदै पूरा गर्यो । श्रीलङ्काका लागि शाम्मु आशानले अविजित ७२ रन बनाए । उनले ४४ बल खेल्दै पाँच छक्का र चार चौका प्रहार गरे । यस्तै निशान मदुशकाले ४२ खेल्दै एक छक्का र पाँच चौकाको मद्दतमा ४६ रनको योगदान दिए । बलिङतर्फ नेपालका लागि पवन सर्राफले दुई तथा सोमपाल कामी र सुशन भारीले एक/एक विकेट लिए ।

यसअघि ब्याटिङ गर्दै नेपालका लागि उपकप्तान दीपेन्द्रसिंह ऐरीले उत्कृष्ट खेल प्रदर्शन गरे । उनले अविजित रहँदै ४४ बलमा तीन छक्का र चार चौकाको मद्दतमा ७२ रन बनाए । यस्तै पवन सर्राफले २२, कप्तान ज्ञानेन्द्र मल्ल र विनोद भण्डारीले समान २१ रन तथा आरिफ शेखले १९ रन बनाए । बलिङतर्फ श्रीलङ्काका कामिन्दु मेन्डिसले दुई तथा दुविन्दु तिलकरत्ने, आसिता फ्रनान्डो र काविष्का अन्जुलाले एक एक विकेट लिए ।

वि.सं.२०७६ मंसिर १७ मंगलवार १६:०७ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...