back
CTIZAN AD

गढीमाईलाई विश्वसम्पदा सूचीमा राख्न माग

वि.सं.२०७६ मंसिर १७ मंगलवार

783 

shares

१७ मङ्सिर, काठमाडौँ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० का प्रदेश नं २ कमिटीका अध्यक्ष प्रभु साहले बाराको गढीमाईलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन ९युनेस्को० को विश्वसम्पदा सूचीमा समावेश गर्न आग्रह गरेका छन् ।
प्रत्येक पाँच वर्षमा मेला लाग्ने ऐतिहासिक गढीमाई क्षेत्रलाई विश्व सम्पदामा सूचीकृत गर्न नेता साहले नेपाल सरकार र युनेस्कोलाई आग्रह गरेका हुन् ।

उनले भने, “गढीमाई मन्दिर एउटा धार्मिक महत्व बोकेको ऐतिहासिक धरोहर हो । यसको पौराणिक इतिहास छ । यहाँ विश्वकै ध्यान केन्द्रित गर्ने महामेला लाग्छ । यो सिम्रौनगढ र मधेशको फरक संस्कृतिको प्रतिनिधित्व गर्ने सम्पदा सूचीकृत भए मधेशको गौरव बढ्नेछ ।”

अध्यक्ष साहले मधेशको विविधतायुक्त संस्कृति, परम्परा र ऐतिहासिक धरोहरको उचित प्रवद्र्धन गरी मधेशमा पर्यटक ल्याउन सकिने पनि बताए । उनले जानकीको जन्मस्थल जनकपुरस्थित जानकी मन्दिरलाई पनि विश्वसम्पदा सूचीमा समेट्न आग्रह गरे । नेपालका १० वटा सम्पदा युनेस्कोले सूचीकृत गरे पनि प्रदेश नं २ का कुनै पनि सम्पदा हालसम्म समेटिएको छैन ।

वि.सं.२०७६ मंसिर १७ मंगलवार १५:४६ मा प्रकाशित

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

गड्यौला मल बेचेर लाखौँ आम्दानी गर्दै

सर्लाही । सर्लाहीको लालबन्दीका सन्त लोप्चनले रोजगारीका लागि हुने विदेश...

ग्यास पर्याप्त, माग अस्वाभाविक

ग्यास पर्याप्त, माग अस्वाभाविक

सुदूरपश्चिम । सुदूरपश्चिममा खाना पकाउने एलपी ग्यासको अभाव भएको हल्लासँगै...

एकै दिन छ हजारभन्दा बढीले  बढ्यो सुनको मूल्य, तोलाको कति ?

एकै दिन छ हजारभन्दा बढीले बढ्यो सुनको मूल्य, तोलाको कति ?

काठमाडौँ । स्थानीय बजारमा आज सुन र चाँदीको मूल्य बढेको...

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

फत्तेपुर दोभानमा बेलिब्रिज निर्माण हुँदै

भोजपुर । भोजपुरको पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मा र हतुवागढी गाउँपालिका–६ को...

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

नेपाली राजदूत पौड्यालद्वारा टोरन्टो र मिसिसागाका नेपाली पसलको भ्रमण

क्यानडाका लागि नेपाली राजदूत भरतराज पौड्यालले यस सप्ताहन्त टोरन्टोको स्कारबरोस्थित...

एनएमबि बैंकले ल्यायो विशेष ’इभी अटो कर्जा’, इभी चढ्ने सपना पुरा गर्ने होइन त अब ?

एनएमबि बैंकले ल्यायो विशेष ’इभी अटो कर्जा’, इभी चढ्ने सपना पुरा गर्ने होइन त अब ?

काठमाडौँ । नेपाल - एनएमबि बैंक लिमिटेडले नाइमा अटो एक्सपोलाई...