नेपालमा विभिन्न सेवाका लागि संचालन गरिएका फोनमध्ये धेरै फोन नेपाल प्रहरीलाई आउने गर्दछ । आवस्यक परेका बेला मात्र सेवा लिन र दिनका लागि संचालन गरिएका ती फोनसेवामा धेरैजसो रमाइलो गर्नका लागि फोन गर्ने गरिएको समाचारहरु आइरहेका पनि छन् ।
तर नेपालमा मात्र नभएर त्यस्ता उट्पट्याङ्ग गर्ने मानिस विदेशमा त्यो पनि जापान जस्तो एक सेकेण्डको पनि महत्व राख्ने देशमा पनि हुँदो रहेछ भन्दा सबैलाई अचम्म लाग्छ ।
हो, त्यस्तै भएको छ । जापानका एक वृद्धले देशका विभिन्न ठूला टेलिफोन कम्पनीहरुको कस्टमर केयरको फोनमा २४ हजार पटक फोन गरेर सताएको समाचार छ ।
एजेन्सीका अनुसार आकातोशी आकामोती नाम गरेका ७१ वर्षीय ती वृद्धले देशका ठूला–ठूला टेलिफोन कम्पनीका कस्टमर केयरमा एक हप्तामा २४ हजार पटक फोन गरेर सताएको आरोप छ ।
ती वृद्ध अहिले प्रहरीको नियन्त्रणमा रहेका छन् । प्रहरीका अनुसार ती वृद्धले फोन गर्ने क्रममा केयरका कर्मचारी सँग अत्यन्तै नराम्रो गरी बोलेको बताइएको छ । जापानमा अधिक रुपमा बढिरहेको बृद्धहरुको संख्याका कारण पनि यस्ता समस्याहरु देखिने गरेको बताइएको छ ।
वि.सं.२०७६ मंसिर १७ मंगलवार १५:४५ मा प्रकाशित

























