back
CTIZAN AD

स्वास्थ्य क्षेत्रका सम्पूर्ण बेथितिको अन्त्य गरिन्छ –मन्त्री ढकाल

वि.सं.२०७६ मंसिर १७ मंगलवार

765 

shares

१७ मङ्सिर, भक्तपुर । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले अब स्वास्थ्य क्षेत्रका सम्पूर्ण बेथिति अन्त्य गरिने बताएका छन् । मध्यपुरथिमि नगरपालिकाले सञ्चालन गरेको नेपाल कोरियामैत्री नगरपालिका अस्पतालले आयोजना गरेको विश्व अपाङ्गता दिवस कार्यक्रममा बोल्दै उनले स्वास्थ्य क्षेत्रको बेथिति अब नरहने बताएका छन् ।

अस्पतालको बेथिति अन्त्य गर्न र सर्वसुलभ स्वास्थ्यसेवा प्रदान गर्न आफूले विशेषज्ञ डाक्टरसँगको छलफलमा डाक्टरले गर्ने १०ः०० देखि ५ः०० बजेसम्मको ड्यिटीको परिपाटी रहेकाले त्यसलाई हटाउन सुझाव आएको बताए । मन्त्री ढकालले भने, “सेवाको जिम्मा लिएर यस्ता काम गर्नेलाई अव कारवाही गरिन्छ, सरकारी अस्पतालमा १० बजे हाजिर गरेर नाफाका लागि खोलिएका आफ्ना निजी क्लिनिकमा चलाउने बेथितिको अव अन्त्य हुन्छ ।”

बजारमा औषधि महङ्गा छन् र औषधि नै किन्न नसकेर मान्छेहरु रोगसँग लड्न पाएका छ्रैनन् भन्ने सुनेको उल्लेख गर्दै अब औषधि उपचारका सेवा नपाएर, आर्थिक अभावका कारण कोही पनि मर्न नपरोस् र स्वास्थ्य सेवाबाट कोही पनि वञ्चित हुन नपरोस् भनेर सरकारले काम गरिरहेको उनले बताए । स्वास्थ्यमन्त्री ढकालले विदेशी दाताले दिएको रकम सेवाका नाममा विदेशमै भ्रमण गर्ने र गोष्ठी गरेर रकम सक्ने खालको परिपार्टीलाई पूर्णरुपमा नियन्त्रण गरिने बताए ।

उनले कमिसनका आधारमा औजार किन्ने र थन्क्याउने परिपाटीले पनि स्वास्थ्य क्षेत्रमा परिचालन गरिएका रकम यत्तिकै सिद्धिएको भन्ने जानकारी आफूले पाएकाले अब स्वास्थ्य क्षेत्रमा रहेको तमाम बेथितिको अन्त्य गरिने उनको भनाई थियो । स्थानीय तहमा हस्तान्तरण भएका अस्पताललाई सहयोग गर्ने दायित्वबाट सरकारपछि नहट्ने उल्लेख गर्दै उनले नेपाल कोरिया मैत्री नगरपालिका अस्पताललाई पनि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

नगर प्रमुख एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष मदनसुन्दर श्रेष्ठले अस्पताललाई छारेरोग विशेषज्ञ अस्पतालसहित सम्पूर्ण रोगको गुणस्तरीय उपचार गर्नेगरी सेवा विस्तार गर्दै लगेको बताए । उनले मध्यपुरथिमि क्षेत्रमा रहेका सबै अपाङगता भएकाको शिक्षा, स्वास्थ्य र उनीहरुको आवश्यकता पूरा गर्न नगरपालिका प्रतिबद्ध रहेको उल्लेख गर्दै सबै अपाङ्गता भएका बालबालिकालाई निःशुल्क शिक्षाको व्यवस्था नगरपालिकाले गर्ने घोषणा गरे ।

कार्यक्रममा मन्त्री ढकाल र नगर प्रमुख श्रेष्ठले अभिभावक स्वावलम्बन समूहलाई रोटरी क्लब अफ मध्यपुरले दिएको पाँचवटा ह्वीलचियर प्रदान गरे । त्यसैगरी आर्दश मावि लायकू, मानव विद्यागृह, स्वावलम्न समूह र दिवा कक्षा केन्द्र भूँलाखेलका अपाङ्गता विद्यार्थीका लागि ८८ थर्मस, टिफिन बक्सलगायतका सामग्री प्रदान गरे ।

वि.सं.२०७६ मंसिर १७ मंगलवार १५:२१ मा प्रकाशित

एनएमबि बैंकले ल्यायो विशेष ’इभी अटो कर्जा’, इभी चढ्ने सपना पुरा गर्ने होइन त अब ?

एनएमबि बैंकले ल्यायो विशेष ’इभी अटो कर्जा’, इभी चढ्ने सपना पुरा गर्ने होइन त अब ?

काठमाडौँ । नेपाल - एनएमबि बैंक लिमिटेडले नाइमा अटो एक्सपोलाई...

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतद्वारा शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चीनका राजदूत चाङ...

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

शिक्षा समितिः विधि विज्ञान प्रमुखको योग्यता र कर्तव्यबारे छलफल

काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा विचाराधीन...

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

माछापालनबाट मासिक २५ लाख आर्जन गर्दै कैलालीका विनोद

कैलाली । गाउँका अधिकांश युवा वैदेशिक रोजगारीका लागि विदेश गइरहेका...

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन...

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलालीका शिवालयमा भक्तजनको घुइँचो

कैलाली । साउन महिनाको अन्तिम सोमबार कैलालीका विभिन्न शिवालयमा आज...