back
CTIZAN AD

दलित पत्रकारद्वारा बजेटबारे स्थानीय सरकारसँग बहस गर्ने

वि.सं.२०७६ मंसिर १८ बुधवार

804 

shares

१८ ,मसिंर, काठमाडौँ । राष्ट्रिय दलित पत्रकार सङ्घ, नेपाल काठमाडौँ उपत्यका समन्वय कमिटीले नीति तथा कार्यक्रम र बजेटमा दलित समुदाय विषयमा स्थानीय सरकारसँग बहस सञ्चालन गर्ने भएको छ ।

काठमाडौँ उपत्यका समन्वय कमिटीका अध्यक्ष सुशील दर्नालको अध्यक्षतामा मङ्गलबार काठमाडौँमा सम्पन्न बैठकले स्थानीय सरकारको नीति तथा कार्यक्रम र बजेटमा दलित समुदायलाई समेत समावेश गराउने उद्देश्यले कम्तीमा महिनामा एक दिन स्थानीय तहका प्रतिनिधिहरुसँग छलफल अगाडि बढाउने निर्णय गरेको हो ।

सङ्घ देशभर क्रियाशील करिब एक हजार २०० दलित समुदायका पत्रकारको छाता सङ्गठन हो ।

बैठकले सङ्घ गठनबारे स्थानीय सरकारलाई जानकारी गराउनाका साथै दलित समुदायका पत्रकारहरुको क्षमता विकासका लागि स्थानीय सरकारसँग समन्वय गर्नेसमेत निणर्य गरेको छ ।

बैठकका निणर्यबारे जानकारी दिँदै काठमाडौँ उपत्यका समन्वय कमिटीका सचिव सन्दीप विश्वकर्माले उपत्यका समन्वय कमिटीको कार्यालय स्थापना गर्नका लागि पहल गर्ने र सङ्घको सदस्यताका लागि केन्द्रसँग रसिद र फारामसमेत माग गर्ने निर्णय गरेको छ ।

दलित समुदायका पत्रकारहरुलाई सङ्गठित गर्दै उनीहरुको अधिकारका लागि विसं २०७६ मा स्थापना भएको सङ्घले दलित आन्दोलन र पत्रकारिता क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने दलित नेताहरुको नाममा पत्रकारिता पुरस्कारसमेत स्थापना गरेको छ ।

सङ्घका केन्द्रीय अध्यक्ष तथा संविधानसभाका सभासद् विनोद पहाडी, महासचिव लक्ष्मण दर्नाल, सचिव सन्तोष गन्धर्व र केन्द्रीय सदस्य बुद्धि विश्वकर्माको विशेष उपस्थितिमा बसेको सो बैठकले पत्रकार विन्दु गहतराज र सपना परियारलाई कार्यसमितिमा चयन गर्ने निर्णय पनि गरेको छ ।

वि.सं.२०७६ मंसिर १८ बुधवार ०९:२३ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...