back
CTIZAN AD

आखिर किन रोकियो प्रचण्डको चीन भ्रमण ?

वि.सं.२०७६ मंसिर १८ बुधवार

852 

shares

१८ मंसिर, काठमाण्डौं । ६० जनाको ठूलो टिम सहित चीन भ्रमणको तयारीमा रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल, ‘प्रचण्ड’ को चीन भ्रमण तत्कालका लागि स्थगीत भएपछि नानाथरीका अनुमानहरु सार्वजनिक भएका छन् ।

चीन र प्रचण्डविचको सम्बन्ध बुझ्न नसक्नेहरुले ‘चीनकै तर्फबाट परिस्थिति त्यस्तो बनाइएको’ भनेर टिप्पणी गरेका छन् भने कतिपयले चीन भ्रमणको ऐजेण्डा किटानी र तयारी नपुगेको बताइरहेका छन् । नेकपाकै अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली एवं विदेश विभाग प्रमुख वरिष्ठ नेता माधव कुमार नेपालसँग विषयवस्तु बारे राम्रो छलफल हुन नपाएकोले रोकिएको समेत प्रचार गरिएका छन् ।

नेकपा अध्यक्ष प्रचण्डको निकट एक नेता भन्छन्–‘यि दुवै कुरा सहि होइनन, अध्यक्ष भ्रमणमा जाने कुरा पहिलेदेखि तयारी भएको हो, ऐजेण्डाहरु प्रष्टै छन् । दुई पार्टी बिच भएका यसअघिका समझदारी अनुसार भ्रमणको तयारी भएको हो ।’अध्यक्ष प्रचण्डको ‘कमरेडली आत्मीयता’ कै कारण भ्रमण रोकिएको मात्र हो, ओली कमरेड र माधव कमरेडसँग पहिले नै प्रयाप्त छलफल भै सकेको हो ।

प्रचण्ड निकट सुत्रले सो बताइरहँदा केहि समाचार माध्यमहरुले भने यसलाई नकरात्माक समाचार बनाएर संप्रेषण गरेका छन् । ओलीको स्वास्थ्य स्थिति ‘क्रिटीकल’ बताएर प्रचण्डले अपरिपक्वता देखाएको विश्लेषण पनि गरिरहेका छन् । प्रचण्ड निकट शुत्र भन्छ ‘खुराफातीहरुको पुरानो रोग देखिएको मात्र हो ।’

वि.सं.२०७६ मंसिर १८ बुधवार ०९:२८ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

निम्तो सूचीमा नअटेका एक संस्थापकको शुभकामना

काठमाडौं, असार ७ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पाँचौँ...

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...