back
CTIZAN AD

सचिवालयका ९ जनाले ‘जे पनि गर्न पाइने’ छुट छैन-अष्टलक्ष्मी शाक्य, नेतृ नेकपा

वि.सं.२०७६ मंसिर १८ बुधवार

960 

shares

१८ मंसिर, काठमाण्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की स्थायी समिति सदस्य तथा प्रदेश ३ की इन्चार्ज अष्टलक्ष्मी शाक्यले सचिवालयका ९ जनाले ‘जे पनि गर्न पाइने’ छुट नभएको बताएकी छन् ।

राजधानीबाट प्रकाशित बुधबार साप्ताहिकसँगको अन्तरवार्तामा नेतृ शाक्यले उक्त कुरा बताउँदै सरकारमा बस्नेहरुले मनोमानी गरेको र उनीहरुलाई पार्टी नचाहिएको समेत बताएकी छन् ।

नेतृ शाक्यले राजनैतिक नियुक्तिहरु गर्दा सरकारले पार्टीसँग सल्लाह नलिएको समेत बताएकी छन् । पार्टीलाई पहिलो प्राथमिकतामा राख्ने काम नभएको भन्दै सरकार मनपरीतर्फ उद्धृत रहेको समेत उनले भनेकी छन् ।

पार्टीको ३ नम्बर कमिटीको इन्चार्जका हैसियतले प्रदेश सरकारमा संलग्न मुख्यमन्त्री र मन्त्रीहरुलाई दिइएको सुझाव कार्यान्वयनमा नल्याइएको पनि उनले बोलेकी छन् । पछिल्लो उपनिर्वाचनको परिणामबाट निराश नहुनुपर्ने भन्दै उनले पार्टीभित्र विधि, नीति र पद्धति संस्थागत गर्न माग समेत गरेकी छन् ।

सरकारको लोकप्रियता, पार्टी संगठनको निश्क्रियता, सचिवालय भन्दा तलको बैठक बस्न नसकेको परिस्थिति, मन्त्रिमण्डलमा महिला सहभागीता र प्रदेश राजधानी लगायतका विषयमा उनले आफ्नो धारण राखेकी हुन् ।

वि.सं.२०७६ मंसिर १८ बुधवार ०९:५४ मा प्रकाशित

अर्जुनचौपारीमा अत्यधिक भार बोक्ने सवारी साधन सञ्चालनमा रोक

अर्जुनचौपारीमा अत्यधिक भार बोक्ने सवारी साधन सञ्चालनमा रोक

स्याङ्जा । स्याङ्जाकाे अर्जुनचौपारी गाउँपालिका ले अत्यधिक भार बोकेर सञ्चालन...

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी 

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी 

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक...

वीर अस्पतालका निर्देशक डा. शर्माद्वारा राजीनामा

वीर अस्पतालका निर्देशक डा. शर्माद्वारा राजीनामा

काठमाडौं । वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले राजीनामा दिएका...

अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा उद्योगमन्त्रीसँग छलफल

अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा उद्योगमन्त्रीसँग छलफल

काठमाडौँ । मंगलवार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...