back
CTIZAN AD

नेटोबारे म्याक्रोँको भनाइ ‘अपमानजनक’ : ट्रम्प

वि.सं.२०७६ मंसिर १८ बुधवार

798 

shares

१८मसिंर, लण्डन ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नेटो) बारे फ्रान्सका राष्ट्रपतिले दिएको अभिव्यक्ति ‘अत्यन्तै तुच्छ’ र ‘अशिष्ट’ भएको बताएका छन् ।

फ्रान्सका राष्ट्रपतिले केही दिन पहिले नेटोको सान्दर्भिकताबारे बोल्दै नेटो वर्तमान् अवस्थामा निष्कृय (ब्रेन डेड) रहेको बताएका छन् । उत्तर एट्लान्टिक गठबन्धनमा २९ उत्तर अमेरिकी तथा यूरोपलगायतका मुलुकको अन्तरसरकारी सैन्य सहकार्य रहँदै आएको छ ।

“म्याक्रोँले टर्कीद्वारा सिरियामा केही समय पहिला गरिएको सैन्य कारवाहीमा नेटो सदस्यबीच समन्वयको अभाब भएको भन्दै नेटोको आलोचना गरेको अलजजिरा टेलिभिजनले समाचार प्रशारण गरेको थियो । लण्डनमा नेटो महासचिब जेन्स स्टोलटेनबर्गसँग बोल्दै ट्रम्पले नेटोबारे फ्रान्सेली राष्ट्रपति म्याक्रोँको राय ‘अन्य धेरै शक्तिमाथिको अपमानजनक’ अभिव्यक्ति भएको टिप्पणी गरे ।

अमेरिकाले नेटोको खर्चका लागि असन्तुलित हिसाबले धेरै योगदान गर्नुपरेको भन्दै अन्य नेटो सदस्य राष्ट्रले पनि उनीहरूले अहिले गरिराखेको खर्चलाई वृद्धि गर्नुपर्ने धारणा राख्दै आएका थिए । उनले सैन्य गठबन्धन धेरै ‘लचिलो’ भएको र ‘बृहद लक्ष्य’का लागि काम गरेको बताए । गठबन्धनको ७०औँ वर्षगाँठ मनाउन विश्व नेताहरू बेलायतको राजधानी लण्डनमा भेला भएका समय ट्रम्पको उक्त भनाइ आएको हो ।

वि.सं.२०७६ मंसिर १८ बुधवार ०९:५७ मा प्रकाशित

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

नेपाल चिनाउन क्यालिफोर्नियामा ‘नेपाल उत्सव’

टेक्सास (अमेरिका) । अमेरिकाको क्यालिफोर्निया राज्यको सानफ्रान्सिस्कोमा ‘नेपाल उत्सव’ आयोजना...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

इरान-अमेरिका तनाव फेरि चर्कियो

इरान-अमेरिका तनाव फेरि चर्कियो

वासिङ्टन  । हर्मुज जलघाँटी क्षेत्रमा अमेरिकी र इरानी सैन्य शक्तिबीच...

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

अमेरिका-क्युबा सम्बन्धमा नयाँ मोडः सैन्य कारबाही टरेको सङ्केत

वासिङ्टन । संयुक्त राज्य अमेरिका हाल क्युबामाथि तत्काल कुनै सैन्य...

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

द्वन्द्व अन्त्यका लागि इरानको नयाँ प्रस्ताव

तेहरान । इरानका विदेशमन्त्री सैयद अब्बास अराघचीले संयुक्त राज्य अमेरिकासँग...

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

युरोपमा अमेरिकी सेना घटाउने ट्रम्पको योजना

फ्लोरिडा । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार दिएको अभिव्यक्तिमा संयुक्त...