back
CTIZAN AD

मानिस र वातावरणको द्वन्द्व नभई सहअस्तित्व हुनुपर्छ – अर्थमन्त्री खतिवडा

वि.सं.२०७६ मंसिर २० शुक्रवार

966 

shares

२० मङ्सिर, काठमाडौँ । नेपाल वातावरण पत्रकार समूहको भवन शिलान्यास गरिएको छ । ललितपुरको भनिमण्डलस्थित नयाँ बन्न थालेको भवनको अर्थमन्त्री डा युवराज खतिवडा र वरिष्ठ पत्रकार भैरव रिसालले शिलान्यास गरेका हुन् । उक्त कार्यक्रममा अर्थमन्त्री खतिवडाले विकासमा मानिस र वातावरणको द्वन्द्व नभई सहकार्य र सहअस्तित्व हुनुपर्ने बताए ।

उनले विकास गर्दा वातावरणीय स्रोतको अस्तित्व समाप्त पारेर नभई जोगाएर काम गर्नुपर्नेमा जोड दिए । उनले गरीबीका कारण वातावरण दोहन भइरहेको उल्लेख गर्दै सरकारले दिगो लक्ष्यमा हस्ताक्षर गरिसकेकाले गरीबी निवारण र वातावरण संरक्षण गर्ने धारणा राखे । विकासबाट विनाश ननिम्तियोस् भन्नका लागि हरित अर्थतन्त्रमा सरकारले जोड दिएको उनको भनाइ थियो । मन्त्री डा खतिवडाले गैरसरकारी संस्था दर्ता गरेर कम्पनीका काम गर्ने त्यस्ता संस्थालाई सरकारले नछाड्ने भन्दै कम्पनीअनुसार नै कर निर्धारण गरिने जानकारी गराए ।

वरिष्ठ पत्रकार रिसालले वातावरण जोगाउन समूहले ठूलो भूमिका खेलेको भन्दै सरकारसँग सहकार्य गरेर काम गर्न इच्छुक रहेको बताए । उनले बन्न थालेको भवनमा आर्थिक सहयोग गर्न पनि सरकारसँग आग्रह गरे । समूहका अध्यक्ष कसमस विश्वकर्माले सरकारले नयाँ भवन निर्माण गर्न सहयोग गर्नुपर्ने बताए । समूहका महासचिव निमेष रेग्मीले १९ आना तीन पैसा क्षेत्रफलमा साढे दुई तलाको भवन बन्न थालेको जानकारी दिए । करीब रु एक करोड ५० लाख लागतमा बन्ने भवन १० महिनामा निर्माण सम्पन्न हुनेछ ।

वि.सं.२०७६ मंसिर २० शुक्रवार १६:३४ मा प्रकाशित

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

आजको मौसम विवरण : कोशीमा भारी वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने

काठमाडौँ । हाल कोशी प्रदेशका केही स्थानमा मनसुनी वायुको प्रभाव...

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

लोकतन्त्रबाट कदापी विमुख हुनेछैनौ–सभापति लामिछाने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो...

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

‘सम्बन्धित स्थानबाटै सम्परीक्षण गरिएकाले कक्षा १२ को नतिजा प्रकाशन छिटो भएको हो’

काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जनशक्ति थपेर सम्बन्धित...

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

देवचुली नगरपालिकाद्वारा ९८ करोड बजेट पारित

नवलपुरको देवचुली नगरपालिकाको १८औँ नगरसभा अधिवेशन सम्पन्न भएको छ। नगर...

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

 प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा पोखरेल निर्वाचित

काठमाडौँ । अखिल नेपाल प्रगतिशील बुद्धिजिवी संघको अध्यक्षमा महादीप पोखरेल...

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

‘हेलो गृह कल सेन्टर’ सञ्चालनमा, यी नम्बरमा फोन गर्न सकिने

काठमाडौं ।  गृहमन्त्रालयले आफ्नो कार्यक्षेत्रसँग सम्बन्धि गुनासो,उजुरी तथा सुझाव सङ्कलन...