back
CTIZAN AD

पाटा नेपाल र चिनियाँ पर्यटन संस्था कोट्रीबीच सम्झौता

वि.सं.२०७६ मंसिर २३ सोमवार

780 

shares

२३ मङ्सिर, काठमाडौँ । नेपाल भ्रमण वर्ष २०२० को दौरानमा छिमेकी मुलुक चीनबाट बढीभन्दा बढी पर्यटक आकर्षण गर्न अन्तरदेशीय पर्यटन प्रवद्र्धन साझेदारिता अघि बढाइने भएको छ ।

उक्त प्रयोजनका निम्ति प्यासिफिक एशिया ट्राभल एशोसिएसन (पाटा) नेपाल च्याप्टर र चाइना आउट बाउण्ड टुरिज्म रिसर्च इन्टिच्युट (कोट्री) बीच पर्यटन सहकार्यसम्बन्धी सम्झौता भएको पाटा नेपालले विज्ञप्तिमार्फत जनाएको हो ।

सम्झौताअनुरूप चिनियाँ पर्यटकलाई नेपालमा भित्र्याउन आवश्यक बजारीकरण तथा प्रवद्र्धनात्मक कार्यक्रमहरु, अनुसन्धानमार्फत आवश्यक ज्ञान तथा तथ्य सम्प्रेषण र वितरणलगायत मानव संसाधन विकाससम्बन्धी तालिम तथा कार्यशाला आयोजना गरिने जनाइएको छ ।

कोट्रीसँग रणनीतिक साझेदारको रूपमा सहकार्य गर्ने सहमति भएको पाटा नेपालका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बुडालले बताए । उनका अनुसार यही मङ्सिर २० गते भारतको नयाँदिल्लीमा पाटा इण्डिया च्याप्टरद्वारा आयोजित ‘टुरिजम पावर हाउस’ कार्यक्रममा पाटा नेपालका अध्यक्ष सुनिल शाक्य र कोट्रीका प्रमुख कार्यकारी (सिइओ) प्रोफेसर डा वल्फ ग्याङ्गले सहकार्य सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

उक्त कार्यक्रममा पाटा नेपालका महासचिव विभूतिचन्द ठाकुर, सिइओ बुडाल र भ्रमण वर्ष २०२० का प्रबन्धक रोहिणी खनाल तथा कोट्रीका तर्फबाट हेडअफ सेल्स नवीनकुमार सहभागी थिए । कोट्री चाइनाको आउट बाउण्ड पर्यटन बजारको सन्दर्भमा अनुसन्धान, जानकारी, तालिम, गुणस्तर निर्धारण तथा परामर्श प्रदान गर्ने विश्वकै अग्रणी एवं प्रख्यात अनुसन्धान संस्था हो ।

पाटा नेपालद्वारा कोट्रीसँगको दीर्घकालीन सहकार्य गर्ने सम्झौता नेपालका लागि विश्वकै सबैभन्दा ठूलो पर्यटन स्रोत बजार (चीन) मा रहेको बृहत् अवसर र सम्भाव्यतालाई उजागर गर्न एक महत्वपूर्ण कदम भएको पाटा नेपालका महासचिव ठकुरीले जानकारी दिए । उनले पाटा नेपाल र कोट्रीको सहकार्य आगामी वर्ष फेब्रुअरी २२ देखि २५ सम्म काठमाडौँमा आयोजना हुने नाईस (नेपाल इण्डिया चाइना एक्सपो) देखि शुरुआत भई निरन्तर अगाडि बढ्ने बताए ।

वि.सं.२०७६ मंसिर २३ सोमवार १५:५८ मा प्रकाशित

अर्जुनचौपारीमा अत्यधिक भार बोक्ने सवारी साधन सञ्चालनमा रोक

अर्जुनचौपारीमा अत्यधिक भार बोक्ने सवारी साधन सञ्चालनमा रोक

स्याङ्जा । स्याङ्जाकाे अर्जुनचौपारी गाउँपालिका ले अत्यधिक भार बोकेर सञ्चालन...

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी 

प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने तयारी 

काठमाडौं । सर्वोच्च अदालतका प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउन संवैधानिक...

वीर अस्पतालका निर्देशक डा. शर्माद्वारा राजीनामा

वीर अस्पतालका निर्देशक डा. शर्माद्वारा राजीनामा

काठमाडौं । वीर अस्पतालका निर्देशक डा. दिलिप शर्माले राजीनामा दिएका...

अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा उद्योगमन्त्रीसँग छलफल

अधिकतम मूल्य सूचि सहितको स्टिकर टाँस्ने सम्बन्धमा उद्योगमन्त्रीसँग छलफल

काठमाडौँ । मंगलवार नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको एक...

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

वीरगञ्जमा निःशुल्क जलन शिविर: १५० जनाले पाए उपचार सेवा

काठमाडौँ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन...

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

नेपाल लाइफद्वारा २५औं वार्षिकोत्सबको अवसरमा नि:शुल्क स्वास्थ्य सिविर एवं देशभर रक्तदान कार्यक्रम

काठमाडाैँ । नेपाल लाइफ इन्स्योरेन्सले स्थापनाको २५औं गरिमामय वार्षिकोत्सबको अवसर...