back
CTIZAN AD

आजको सेयर बजारमा दोहोरो अङ्कको वृद्धि, कसले कति कमाए त ?

वि.सं.२०७६ मंसिर २३ सोमवार

717 

shares

२३ मङ्सिर, काठमाडौँ । धितोपत्र बजारमा आज शेयर कारोबारमा उल्लेख्य सुधार देखिएको छ । धेरै समयपछि नेप्से परिसूचक दोहोरो अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से १३.५१ विन्दुले बढेर एक हजार १४८.८९ मा पुगेको छ । यस्तै सेन्सेटिभ परिसूचकसमेत २.६५ विन्दुले सुधार भई २५३.१७ मा पुगेको छ ।

नेप्सको उकालो यात्रासँगै कारोबार रकममा समेत वृद्धि भएको छ । कूल १७३ कम्पनीको १४ लाख ५९ हजार ७०० कित्ता शेयर रु ४६ करोड ४२ लाख २० हजार ३९२ मूल्यमा खरीद बिक्री भयो ।

नेप्सेका अनुसार कारोबार भएका कूल १२ उपसमूह मध्ये आज दुई उपसमूहको मात्रै शेयर ओरालो लागेको छ भने दश उपसमूहको शेयर बढेको छ । अन्य ०.७४ विन्दुले घटेको छ भने सामूहिक लगानी कोष तटस्थ देखिएको छ । बैंकिङ ७.९१, व्यापार १६.६३, होटल १३.०६, विकास बैंक २८.१५, जलविद्युत् १६.८, वित्त ७, निर्जीवन बीमा १५६.३४, उत्पादन २९.७३, लघुवित्त ५०.४३ र जीवन बीमा ६०.९८ विन्दुले बढेको छ ।

कारोबारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु दुई करोड २८ लाख ७० हजार ८९४ मूल्य बराबरको शेयर कारोबार भई शीर्ष स्थानमा रह्यो । एनएमबी बैंक रु एक करोड ८६ लाख ५७ हजार ७००, डिप्रोक्स लघुवित्त वित्तीय संस्था रु एक करोड ७० लाख ४६ हजार ८९६, स्वावलम्बन लघुवित्त वित्तीय संस्था रु एक करोड ६६ लाख ८९ हजार ३०२, हिमालयन डिस्टिलरी रु एक करोड २२ लाख ३७ हजार १३५ र प्रभु बैंक रु एक करोड १७ लाख ५४ हजार ९२७ को कारोबार भई शीर्ष स्थानमा रहे ।

नेप्सेका अनुसार नाडेप लघुवित्त वित्तीय संस्थाका शेयरधनीले १० प्रतिशतले कमाए । नेपाल सेवा लघुवित्त वित्तीय संस्था ९.९५, समता माइक्रोफाइनान्स वित्तीय संस्था ९.८०, मिथिला लघुवित्त वित्तीय संस्था ९.५२, आँधीखोला लघुवित्त वित्तीय संस्था ८.७१ र एनएलजी इन्स्योरेन्स कम्पनीका शेयरधनीले ८.६५ प्रतिशतले कमाए । त्यस्तै, नबिल इक्विटी फण्ड ५.७४, सिभिल बैंक २.१२, एनआइसी एशिया ब्यालेन्स फण्ड १.९१, ग्लोबल आइएमई समुन्नत स्किम एक १.९१, सिद्धार्थ इक्विटी फण्ड १.८९ र सानिमा इक्विटी फण्डका लगानीकर्ताले १.७३ प्रतिशतले गुमाएका छन् ।

वि.सं.२०७६ मंसिर २३ सोमवार १६:०९ मा प्रकाशित

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

नेपालमै पहिलोपटक यस्तो प्रविधि ! बिग्रिएको लाखौंको सामान अब हजारमै बन्छ

काठमाडौं । राजधानीको व्यावसायिक केन्द्र न्युरोडस्थित पाकोमा नेपालमै पहिलोपटक अत्याधुनिक...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

रासायनिक मल नपाएर समस्यामा म्याग्दीका किसान  

म्याग्दी ।  म्याग्दीमा रासायनिक मलको अभाव भएको छ । मुख्य...

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल सञ्चालनमा आउँछः पर्यटनमन्त्री पौडेल

देवदह (रुपन्देही) । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री खडक राज...

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

सिटिजन्स बैंकद्वारा राखु भगवती स्वास्थ्य चौकी म्याग्दीलार्ई सहयोग

काठमाडाैँ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम...