back

तेह्रौँ साग : बक्सिङमा २० वर्षपछि नेपालले जित्यो स्वर्ण पदक

वि.सं.२०७६ मंसिर २३ सोमवार

501 

shares
IME Limited
NTC AD

२३ मङ्सिर, काठमाडौँ तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गत बक्सिङ खेलमा नेपालले २० वर्षपछि स्वर्ण पदक जितेको छ ।

सातदोबाटोमा आज भएको खेलमा मीनु गुरुङले नेपाललाई स्वर्ण पदक दिलाएकी हुन् । उनले महिला ५४ केजी तौल समूहमा भारतीय खेलाडीलाई अङ्कका आधारमा पराजित गर्दै स्वर्ण जितेकी हुन् । यसअघि नेपालले सन् १९९९ काठमाडौँमा भएको आठौँ सागमा बक्सिङतर्फ दुईवटा स्वर्ण जितेको थियो ।

सन् १९९९ मा नेपालका लागि प्रकाश थापा मगर र रामचन्द्र थापा मगरले स्वर्ण जितेका थिए । त्यतिबेला नेपालले बक्सिङमा दुईसहित ३१ वटा स्वर्णपदक जितेको थियो । त्यसैगरी महिला ४८ केजी तौलसमूहमा ललिता महर्जनले रजत पदक हात पारीन् । उनी भारतकी श्रीनिभासन कालाइभानीसँग पराजित भएपछि रजतपदक हात पारेकी हुन् । योसँगै १३औँ सागमा नेपालको स्वर्ण पदक ४६ पुगेको छ ।

वि.सं.२०७६ मंसिर २३ सोमवार १६:२१ मा प्रकाशित

छाउगोठ भत्काउने विशेष अभियान सञ्चालन गर्न प्रशासनको अनुरोध

छाउगोठ भत्काउने विशेष अभियान सञ्चालन गर्न प्रशासनको अनुरोध

दोधारा चाँदनी (कञ्चनपुर) । जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जिल्लाका नौवटै...

राजर्षि जनक विश्वविद्यालयको सिनेट : ३७ करोड ९३ लाख बजेट स्वीकृत

राजर्षि जनक विश्वविद्यालयको सिनेट : ३७ करोड ९३ लाख बजेट स्वीकृत

काठमाडौँ । राजर्षि जनक विश्वविद्यालयको आगामी आर्थिक वर्षका लागि रु...

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न गगन थापाको माग

घुस काण्डमा मुछिएका मन्त्रीलाई बर्खास्त गर्न गगन थापाको माग

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले घुस काण्डमा मुछिएका...

चलचित्र पर्यटनको गन्तव्य विकास गर्नेतर्फ ध्यान केन्द्रित गरौँ : राष्ट्रपति पौडेल

चलचित्र पर्यटनको गन्तव्य विकास गर्नेतर्फ ध्यान केन्द्रित गरौँ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यका...

एनआरएनए युगान्डाको अध्यक्षमा रमा अर्याल निर्विरोध निर्वाचित

एनआरएनए युगान्डाको अध्यक्षमा रमा अर्याल निर्विरोध निर्वाचित

कम्पाला । गैरआवासीय नेपाली संघ (एनआरएनए) युगान्डाको २०२५–२०२७ कार्यकालको लागि...

प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ: फ्लडलाइट र प्यारापिट हेर्न कीर्तिपुर जानुहोहोस्

प्रचण्डलाई प्रधानमन्त्रीको जवाफ: फ्लडलाइट र प्यारापिट हेर्न कीर्तिपुर जानुहोहोस्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष...